काठमाडौं- गौरव पहारीलाई मुख्य अभिनेतामा अनुबन्धित गर्दै फिल्म ‘काँडेतार’ निर्माणको घोषणा गरिएको छ। नवल खड्का र शंकर कार्कीले संयुक्तरुपमा निर्देशन गर्ने फिल्म ‘काँडेतार’ निर्माणको घोषणा गरिएको हो।
निर्देशक खड्काकोसमेत मुख्य अभिनय हुने फिल्ममा रविन्द्र रञ्जन झाको पनि अभिनय हुनेछ । नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुसहितको फिल्म ‘काँडेतार’ निर्माणको घोषणा भएको निर्माणपक्षले जनाएको छ।
फिल्ममा दुई मुलुकबीचको खुला सीमालाई सिल गर्नुपर्छ भन्ने मुख्य कथा रहेको फिल्मले दुई देशबीचको सम्बन्ध कायम हुने निर्देशक खड्काको भनाइ छ।
सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा करिब डेढ करोड बजेटमा निर्माण हुनेछ ।
फिल्मको छायांकन कोरोना संक्रमण दर अलि कम भएपछि गर्ने योजना निर्माण पक्षको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।