काठमाडौं– नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु रिले अनसनमा बसेका छन्। पार्टीको आसन्न महाधिवेशनसँग सम्बन्धित विभिन्न मागसहित उनीहरु पार्टी कार्यालय सानेपामा रिले अनसन बसेका हुन्।
मुख्य रुपमा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने मागसहित उनीहरु आज (बुधबार)देखि अनसनमा बसेका हुन्।
तीन बुँदे मागसहित बस्न लागएिको २४ घण्टे रिले अनसनको पहिलो दिन काभ्रेका सभापति मधु आचार्य, नुवाकोटका जगदीश्वर नरसिंह केसी र धदिङका रमेश धमला अनसनमा बसेका छन्।
उनीहरू २४ घण्टा बसेपछि अन्य जिल्लाका तीन जना बस्ने तयारी रहेको केसीले बताए। आफ्ना माग सुनुवाइ गर्न भन्दै मंगलबार केन्द्रीय कार्यालयमा धर्ना दिँदा पनि पार्टी नेतृत्वले माग सुनुवाइ नगरेको भन्दै अनसन बस्न लागेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।