काठमाडौं- निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसिरहेको छ। सोमबारबाट सुरु भएको बैठक बुधबारसम्म चल्नेछ।
नयाँ पार्टीको घोषणापत्र, विधान र नियमावलीको काम टुंग्याउन उनीहरु चन्द्रागिरि पुगेका हुन्।
निर्वाचन आयोगले बुधबार नेकपा (एकीकृत समाजवादी) सनाखतलाई नेताहरुलाई बुधबार बोलाएको छ।
उक्त दलका नेताहरु अब बुधबार केन्द्रीय कमिटी बैठक सकेर उतैबाट निर्वाचन आयोग जाने तयारीमा छन्।

यता पार्टी विभाजन अघि नेता नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यहरु भने आज एमालेले बोलाएको बैठकमा सहभागी हुने तयारीमा रहेका छन्। विहान ११ बजेलाई बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमति कार्यान्वयनबारे छलफल गरेका उनीहरु आजको बैठकमा सहभागी हुने एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जनाएका छन्।




तस्वीरहरु : श्रीप्रसाद साह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।