• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा निर्णायक मोड : बालकोट झर्ने कि चन्द्रागिरि चढ्ने?

64x64
डिबी खड्का सोमबार, भदौ ७, २०७८  २१:४२
1140x725

काठमाडौं– नेकपा एमालेको तत्कालीन ‘माधव नेपालपक्ष’मा सोमबार दुई घटना घटे। कुनै समय तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालका अति निकटस्थमध्ये मानिने दोस्रो तहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे। तत्कालीन एमालेकै तेस्रो तहका नेताहरुलाई बोकेर नेपाल भने काठमाडौंको पश्चिमतर्फ रहेको चन्द्रागिरि डाँडोमा उक्लिए। 

नेपाली राजनीतिमा एकै दिन बालकोट झर्ने र चन्द्रागिरि उक्लने संयोग एउटा बिम्बका रुपमा रहनेछ। किनभने राजनीतिक अडानमा सौदाबाजी गर्न नचाहेर नयाँ पार्टी बनाउन चन्द्रागिरिको डाँडो चढेका छन् नेपाल। आफ्नै सहकर्मीलाई मिलाउन नसकेर बालुवाटारबाट बालकोट झरेका हुन् अध्यक्ष ओली।

तिनै ओलीसँग एमालेमै रहने ‘ठाउँ’ खोज्दै तत्कालीन नेपाल पक्षका ९ जना बालकोट पुगेका हुन्। एमाले सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराईकाअनुसार ओली त्यसका लागि राजी भएका छन्। 

२०७५ जेठ २, अझै अस्पष्ट 
नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निरन्तर उठाइरहेको माग थियो– पार्टी संरचनालाई २०७५ जेठ २ मा फर्काउनुपर्ने।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताएपछि अध्यक्ष केपी शर्मा ओली दुरुस्तै जेठ २ मा जान चाहेनन्। बरु नेकपाकालमा प्रचण्डसँग लागेर आफूलाई अप्ठ्यारो पार्ने नेपालपक्षलाई पेल्ने रणनीति लिए। त्यसको परिणाम वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

चार महिनासम्म एमालेमा समानान्तर गतिविधि चलाउन नेपाललाई सघाएका ९ जना प्रभावशाली नेताहरु, उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भूसाल, सचिवत्रय गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्तले नेपालको साथ औपचारिक रुपमै छाडेका छन्। 

एमाले एकताकै पक्षमा लाग्ने भन्दै साथ छाडेका उनीहरुको सुनुवाई अध्यक्ष ओलीले ढिलोगरी गरेका छन्। १० बुँदे सहमति कार्यान्वयन थाल्ने भन्दै मंगलबार संयुक्त स्थायी कमिटी बैठक बोलाइएको छ। 

तर, हिजो नेपाल पक्षमा रहेका ती नेताहरु पूर्ववत् अडानबाट केही तल ओर्लिएको संकेत सोमबारको सहमतिपछि नेताहरुले दिएको प्रतिक्रियाबाट मिलेको छ। तत्कालीन ‘नेपालपक्ष’ले सवैभन्दा बढी उठाएको माग थियो, एमालेको पहिलो बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा (बादल)सहितको समूहलाई सहभागी नगराइयोस्।

nimb
nimb
Ncell 2
Ncell 2

एमालेको बैठकले मिसिन आइपुगेका उनीहरुलाई स्वागत गरेर जिम्मेवारी दिनुपर्ने धारणा उनीहरुले चार महिनासम्म निरन्तर उठाए। तर, मंगलबारको बैठकमा बादल समूह सहभागी हुने महासचिव ईश्वर पोखरेल बताउँछन्। उनले नेपाललाइभसँग भने, ‘बादल समूह किन नहुनु? यो विकसित एमाले हो। जेठ २ को ‘लेजिटमेन्ट बोर्डरलाइन’मा जाने हो।’

दशबुँदे सहमतिको दोस्रो नम्बर बुँदामा २०७५ जेठ २ मा जेठ ३ गते मनोनित केन्द्रीय सदस्य सहित फर्किने उल्लेख छ। त्यसमा बादल समूहलाई कहीँ सम्बोधन गरिएको छैन। तर, दशबुँदे सहमति कार्यान्वयन गर्ने ‘पहिलो बैठक’मा बादल समूहको उपस्थिति ‘क्लिएर’ छैन। यस विषयमा माधव नेपाललाई ‘छाडेका’ नेतामध्ये एक पन्त भन्छन्, ‘जेठ २ गतेको एमालेको बैठक बोलाउन भनिएको हो। त्यो बैठकमा के के हुन्छ ग्यारेन्टी गर्न सक्दिनँ। हुनुपर्ने पूर्वमाओवादी बाहेकका एमालेको स्थायी कमिटी बैठक हो।’

एमाले मोह र नेपालसँग चित्त दुखाइ
माधव नेपाललाई छाडेका नेताहरुले सोमबार अध्यक्ष ओलीसँग सहमति भन्दा पनि सम्झौता गरेको जस्तो देखिएको छ। आफ्नो पूर्ववर्ती अडान र नेतृत्व दुवै गुमाएका उनीहरुलाई एमाले मोहले र नेपालले नसोधेर नयाँ पार्टी गठन गरेकाले त्यहाँसम्म पु¥याएको प्रतीत हुन्छ। 

एमालेमा बिग्रहको अवस्था सिर्जना भएको केही समय बितिसकेको थियो। अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई ससम्मान पार्टीमा राख्न आनाकानी गरिरहेका थिए। नेपालपक्षमा रहेका केन्द्रदेखि तल्लो तहका नेता कार्यकर्ता यही प्रवृत्तिबाट प्रताडित थिए। 

त्यसैले फरक पार्टी गठन गरेर अघि बढ्न नेपाललाई चर्को दबाब थियो। नेपाल पक्षीय स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा त्यही कोणबाट विचार आउन थालेका थिए। नेपालले ओलीसँग सहमतिका लागि पठाएको ‘एकता कार्यदल’ले अन्तिमसम्म एकताको प्रयास गर्ने निर्णय गराउन सफल भए। साउन २२ गते बसेको केन्द्रीय कमिटी बैठकले उक्त निष्कर्ष निकालेको थियो। त्यसपछि आकस्मिक निर्णय गर्नुपरे स्थायी कमिटीको बैठक बोलाउनुपर्ने निर्णय भएको नेपालपक्षमा रहेर अहिले उनलाई छाडेका गोकर्ण विष्ट बताउँछन्। 

तर, भदौ २ गते नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा स्थायी कमिटीका नेताहरुलाई एक वचन नसोधेको नेता योगेश भट्टराई बताउँछन्। सोमबार अध्यक्ष ओलीसँग भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले भने, ‘नयाँ पार्टी गठन गर्नुअघि उहाँले हामीसँग छलफल नै गर्नुभएन।’

पार्टी विभाजनको पक्षमा नलाग्न भन्दै स्थायी कमिटीका धेरै नेताहरुले गरेको आग्रह नेपालले नसुनेको रघुजी पन्तको भनाइ छ। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘हामीले माधव नेपाललाई छोडेको होइन। बरु माधव नेपालले रघुजी पन्त र उहाँलाई साथ दिँदै आएका साथीहरुलाई छोड्नुभयो। छोडेर ‘जम्प’ गर्नुभयो।’

अधिकतम एकतामा सफल ओली 
असार १६ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीनिकट एक नेताले भनेका थिए, ‘अबको लक्ष्य अधिकतम एकता हो।’ ‘अधिकतम एकता’ रणनीतिको बेलिविस्तार लगाउँदै उनले थपेका थिए– ‘एमालेमै रहन चाहने नेपाल पक्षमा रहेका साथीहरुलाई लक्ष्य गरेर पछि हट्ने तर, नेपालले भनेअनुसार नै नगर्ने।’ 

भदौ ७ गतेसम्म आइपुग्दा ओली पक्ष आफ्नो रणनीतिमा सफल देखिएको छ। तत्कालीन नेपाल पक्षका अधिकांश नेता–कार्यकर्ता एमालेमै राख्ने आफ्नो रणनीतिमा ओली पक्ष सफलता उन्मुख देखिन्छ।

नेपाल अलग्गै बाटोबाट हिँड्न संकल्पित देखिएकाले फर्केर नआउने निष्कर्ष समेत सोमबारको बैठकबाट निस्किएको एमाले प्रवक्ता ज्ञवालीले बताएका छन्। सोमबारको भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले भने, ‘उहाँले विभाजनको बाटो रोजिसक्नुभएको छ। उहाँको बाटोमा अरु नजाऊन् भन्नका लागि, गलत छ भन्नका लागि हामीले सहमति गरेका हौं।’

नेपालले आफ्नो बाटो तय गरिसकेकाले बाँकीलाई जुन तहसम्म लचिलो भएर पनि एमालेमै राख्ने निष्कर्षमा ओली पक्ष पुगेको सोमबारको सहमतिले देखाउँछ। एमालेका वरिष्ठ नेता नेपालले दर्ता गरेको पार्टीमा नलागेका र फर्किन चाहनेलाई जेठ २ पूर्वकै जिम्मेवारीमा फर्काउने पनि ज्ञवाली बताउँछन्।

बालकोट झर्ने कि चन्द्रागिरि चढ्ने?
सोमबार दुवै पक्षले आफ्नो ‘मुभ’ बढाएका छन्। बुधबार नयाँ पार्टीको सनाखतसँगै दर्ता प्रक्रियामा रहेका नेपालले आफू पक्षीय नेतालाई चन्द्रागिरि चढाएका छन्। उनी पक्षीय स्थायी, केन्द्रीय कमिटी सदस्य र सांसदहरु कोही सोमबार, कोही मंगलबार चन्द्रागिरि चढ्नेछन्। मंगलबार दिनभर राजनीतिक विमर्शपछि बुधबार सिधै निर्वाचन आयोग पुग्ने कार्यक्रम रहेको छ। 

ओलीले मंगलबार स्थायी कमिटीको बैठक बोलाएका छन्। जेठ २ मा फर्किने सहमतिअनुसारको स्थायी कमिटी बैठक भएकाले लामो समयदेखि नेपाल पक्षमा लागेर पछिल्लो समय उनीबाट टाढिएकाहरुले मंगलबारदेखि सदाका लागि नेपाललाई छाड्नेछन्। एमालेको अध्यक्ष केपी शर्मा ओली भएकाले उनीहरुको आगामी राजनीतिक यात्रा ओलीको छत्रछायाँमा हुनेछ। 

एमाले केन्द्रमा को कता लाग्ने? मंगलबारसम्म तय भइसक्नेछ। तर, प्रदेश, जिल्ला र स्थानीय तहका नेता र आम कार्यकर्तालाई भने चन्द्रागिरि चढ्नेहरुलाई समर्थन गर्ने वा बालकोट झर्नेहरुसँग जाने भन्ने कुरा निर्क्यौल गर्न केही समय लाग्न सक्छ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्