• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालको नयाँ पार्टीको घोषणापत्र- ‘ऐतिहासिक नेपाल कम्युनिस्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी’

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  ०७:५९
1140x725
फाइल तस्बिर

काठमाडौं- प्रस्तावित नेकपा (एकीकृत समाजवादी)लाई ऐतिहासिक नेपाल कम्युनिस्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्थाका रूपमा प्रस्तुत गरिएको छ। सोमबारदेखि चन्द्रागिरिमा जारी सो पक्षको भेलामा वितरित घोषणापत्रमा पार्टी गठनको ऐतिहासिक आधार प्रस्तुत गर्ने प्रयत्न गरिएको छ।

'नेपाल कम्युनिष्ट पार्टीले आफ्ना लक्ष्य, उद्देश्य प्राप्त गर्ने ध्येयमा अगाडि बढ्ने क्रममा संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै रूपहरू अवलम्वन गर्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको प्रत्याभूतिका लागि भएका विभिन्न प्रकारका जनआन्दोलन र जनक्रान्तिमा अगुवाइ गरेको छ। यस पार्टीले २०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा लामो समयदेखि नेपाली जनतामाथि शासन र शोषण गर्दै आएको सामन्ती राजतन्त्रलाई उखेली फ्याकेर संघीयता, धर्म निरपेक्षता, समावेशीता र समानुपातिकताजस्ता विशिष्ट विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा निर्णायकभूमिका पूरा गरेको छ। त्यही ऐतिहासिक भूमिका निर्वाह गर्ने नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्था हो वर्तमान नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),' घोषणापत्रमा भनिएको छ।

पार्टी आजसम्मका जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक-आर्थिक-सांस्कृतिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ र नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

'यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो । मार्क्सवाद-लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो। यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन-सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबीच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। तर, मार्क्सवाद कुनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त हो । त्यसैले यसको प्रयोग सिर्जनात्मक रूपले हुन्छ र हुनुपर्दछ,' घोषणापत्रमा भनिएको छ।

एकीकृत समाजवादी पार्टी जनआधारित कार्यकर्ता पार्टी भएको घोषणापत्रमा भनिएको छ। यसको संठनात्मक सिद्धान्त अर्थात् पार्टी निर्माण र सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त हुने उल्लेख छ। 'यस पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात् आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुनेछ। यो पार्टी नेता प्रधान होइन नीति प्रधान हुनेछ। पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्य पद्धति अवलम्बन गरिनेछ। व्यक्ति कमिटीको मातहत रहने र अल्पमत बहुमतको मातहत रहने तथा तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति अवलम्बन गरिने छ,' घोषणापत्रमा भनिएको छ।

Ncell 2
Ncell 2

पार्टीको सार्वभौम अधिकार पार्टीका सङ्गठित सदस्यहरूमा निहीत रहनेछ। 'यसको प्रयोग पार्टी विधान अनुसार हुनेछ। पार्टीको संगठनात्मक संरचना मुलुकको संघीय संरचना अनुरुपको हुनेछ। सबै पार्टी कमिटीहरु समावेशी चरित्रका हुनेछन्। हरेक पार्टीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवाहरुलाई राखिनेछ। यस पार्टीका सदस्यहरूले सामाजिक-आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि उत्पादन संघर्ष र वर्गसंघर्षमा सामेल हुँदै विचार, संगठन, संघर्ष र सृजनशीलताका क्षेत्रमा अग्रणी भूमिका खेल्नेछन्। उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन्,' घोषणापत्रमा उल्लेख छ।

एमालेको नवौ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको भए पनि त्यस महाधिवेशनबाट पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन गरेको र उनले महाधिवेशनका निर्णय नबोकेको बताइएको छ।

'अध्यक्षमा छानिएका केपी शर्मा ओली महाधिवेशनप्रति इमान्दार नै रहेनन्। उनले महाधिवेशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएका थिए। त्यसैबीच तत्कालीन नेकप (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकता गरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चलेनन्। मुलुकको प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीति अनुसार चलाएनन्। फलत: पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो। उनले २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो,' घोषणापत्रमा भनिएको छ।

आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरेको भए पनि ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टीलाई विसर्जन हुनबाट जोगाएर नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्न अग्रसर भएको उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
९०० सुनले घट्यो सुनको भाउ
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल
नेपाली सेनाको सहनशीलता, रणनीतिक सीपले नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ : बेलायती सेना
सम्बन्धित सामग्री
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक उनले फेसबुकको वालबाट सार्वजनिक गरेको विवरणअनुसार जम्मा २ लाख ३६ हजार रुपैयाँ मात्र खर्च गरेकी छन् । सोमबार, फागुन ४, २०८२
रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नगर्न कास्की अदालतको आदेश सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा... सोमबार, फागुन ४, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ दल र उम्मेदवारलाई स्पष्टीकरण दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका... सोमबार, फागुन ४, २०८२
ताजा समाचारसबै
९०० सुनले घट्यो सुनको भाउ मंगलबार, फागुन ५, २०८२
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल मंगलबार, फागुन ५, २०८२
नेपाली सेनाको सहनशीलता, रणनीतिक सीपले नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ : बेलायती सेना मंगलबार, फागुन ५, २०८२
किसानलाई ‘डिजिटल कृषि सेवा’ दिन एनसेल र सुपर कृषकको सहकार्य मंगलबार, फागुन ५, २०८२
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नगर्न कास्की अदालतको आदेश सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्