• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

२००२ विश्वकपमा चम्किएका रोनाल्डिन्हो

64x64
नेपाल लाइभ बिहीबार, जेठ २४, २०७५  ०७:५५
1140x725

मैदानमा उनी रिसाएको सायदै कसैले देखे। सधैं हाँसिरहने। त्यसैले फुटबल मैदानमा उनको अर्कै परिचय बनेको थियो, हँसमुख खेलाडीको। मैदानमा उनलाई देखेर विपक्षी दर्शकहरू पनि आह्लादित हुन्थे। लाग्थ्यो, ९० मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको फुटबल मैदान उनको लागि संसार हो। खुट्टामा बल परेपछि पुतली झैं चारैतिर नाच्ने उनको कला अद्भूत थियो।

जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा सन् २००२ मा भएको विश्वकप फुटबलबाट उनी रातारात चम्किए। 

सन् २००२ को विश्वकपमा ब्राजिली टिलीमा ‘एक से एक’ प्रतिभाशाली खेलाडी उपस्थित थिए। टिममा रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लोस जस्ता दिग्गज खेलाडीको उपस्थिति थियो। यसै टिममा रोनाल्डिन्हो नामको अर्को प्रतिभा पनि समावेश थियो। उनकै अद्भूत खेलका कारण ब्राजिलले त्यपालिको विश्वकप उपाधि उचालेको थियो।

त्यो विश्वकपमा इंग्ल्यान्ड विरुद्ध क्वार्टरफाइनलमा उनले गरेको गोल अहिले पनि धेरै फुटबल खेलाडीको मानसपटलमा ताजै छ। ‘सेन्टर हाफ’ नजिकैबाट उनले हानेको फ्रिकिक इंग्ल्यान्डका धुरन्धर गोलकिपर डेभिड सिमनले भेउ पनि पाउन सकेनन्। अन्तत: बलले जाली चुम्यो। सिमनका लागि अहिले पनि त्यो गोल एउटा नमीठो सपना जस्तै लाग्ने गरेको छ। उनी बेला–बेलामा रोनाल्डिन्होको त्यो गोलको चर्चा पनि गर्छन्। 

उनको सशक्त खेलका कारण ब्राजिलले त्यो विश्वकप जितेपछि २२ वर्षिय रोनाल्डिन्होलाई विश्वका महँगा क्लबले आँखा लगाए। विश्व कपअघि उनी हाल नेइमार अनुबन्धित रहेको फ्रेञ्च क्लब पिएसजीमा आबद्ध थिए। तर, उनलाई विश्व कपपछि स्पेनिस माहरथी बार्सिलोनाले ३ करोड युरो खर्चेर क्याम्प नेउ भित्र्याएको थियो। 

त्यतिबेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि रोनाल्डिन्होलाई लन्डनमा स्वागत गर्न चाहन्थ्यो। तर, उसको त्यो इच्छा कहिले पूरा भएन। 

बार्सिलोनाबाट ‘डेब्यू’ गर्ने क्रममा पनि उनले मध्य भागबाट बल ‘ड्रिबल’ गर्दै आफ्नो एकल प्रयासमा असम्भव झैं लाग्ने गोल गरे। सेभिया विरूद्ध यो सान्दार गोलसँगै स्पेनमा उनको लोकप्रियता चुलीमा पुगेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

सन् २००५ को च्याम्पियन्स लिगमा उनले इंग्लिस क्लब चेल्सी विरूद्ध गरेको गोलको अहिले पनि चर्चा हुन्छ। लन्डनमा भएको खेलमा रोनाल्डिन्होले ३८ मिनेटमा एकल प्रयासद्वारा अर्को आकर्षक गोल गरेका थिए। 

रोनाल्डिन्हो हरेक खेलमा फरक–फरक शैलीमा प्रस्तुत हुन्थे। उनको गोलको उत्सव मनाउने कला पनि अविष्मरणीय थियो। उनी जसरी दर्शनीय गोल गर्थे, त्यसरी नै खुसी मनाएर सबै दर्शकलाई असीमित आनन्द दिन्थे। 

चेल्सी विरूद्ध गरेको गोललाई उनी जीवनकै अविस्मरणीय मान्छन्। उनले त्यो गोलबारे भनेका पनि छन्, ‘सबै गोल कला भएर मात्र गरिँदैन। कुनै गोल यस्तो पनि हुन्छ, जुन अपत्यारिलो लाग्छ।’ 

विश्व फुटबलमा बार्सिलोना र रियल म्याड्रिड परस्पर विरोधी क्लब मानिन्छन्। दुबै क्लब एकआपसमा भिड्दा समर्थकहरू मैदानभित्र मात्र होइन, बाहिर पनि उत्तिकै हिंस्रक बन्ने गर्छन्। उनीहरू एकअर्काको विरोध गरेर कहिल्यै थाक्दैनन्। 

गत सिजनको सुरुवातमा रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जित्दा बार्सिलोनाका खेलाडीले मैदानमा विपक्षी खेलाडीलाई सम्मान दिन अस्वीकार गरेका थिए। यसअघि रियल म्याड्रिडका समर्थक बार्सिलोनाका डिफेन्डर गेरार्ड पिकेमाथि गालीगलौजमा उत्रिएका थिए। 

तर, यी दुबै क्लब एकआपसमा भिड्दा रोनाल्डिन्होको हकमा भने यस्तो अप्रिय घटना कहिल्यै भएन्। रियलका समर्थक एक पल्ट घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रोनाल्डिन्होको सम्मानमा उठेका थिए। जुन खेलमा बार्सिलोनाले रियललाई हराएको थियो। यसअघि यस्तो सम्मान रियलका समर्थकले बार्सिलोनाबाट खेलेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई मात्र दिएका थिए। 
सन् २००३ देखि २००८ सम्म डच मिडफिल्डर फ्रान्क रिजकार्ड बार्सिलोनाको प्रशिक्षक थिए। त्यतिबेला रोनाल्डिन्होलाई उनले खुब प्रयोग गरे। उनले पद छोडेपछि युवा प्रशिक्षक पेप ग्वार्डिओला बार्सिलोनाको नयाँ प्रशिक्षक नियुक्त भए। यसपछि रोनाल्डिन्होको करिअर संकटमा पर्न थालेको फुटबल विश्लेषकहरूको विश्लेषण छ। 

लगत्तै रोनाल्डिन्हो स्पेनिस क्लब छोडेर इटालीको एसी मिलानमा आबद्ध भए। जति समय उनी बार्सिलोनामा रहे, उनले आफ्नो प्रभाव छोडे। अहिलेका स्टार खेलाडी लिओनल मेसीलाई उत्कृष्ट खेल्न प्रेरणा दिने गर्थे। 

उनले पहिलो अभ्यास सत्रमै मेसीको विषयमा भविष्यवाणी गरेका थिए। उनी भन्थे–‘बार्सिलोनामा मेसीले मेरो स्थान लिन्छन्।’ अझ उनी मेसी आफूभन्दा राम्रो खेलाडी बन्नेमा ढुक्क रहेको बताउँथे। मेसीले बार्सिलोनाका लागि ‘डेब्यू’ गोल गर्दा पास मिलाइदिने खेलाडी नै रोनाल्डिन्हो थिए। 

इटालीमा रोनाल्डिन्होको करिअरले उति गति लिन सकेन। फुटबल पण्डितहरू प्रचुर प्रतिभा भए पनि रोनाल्डिन्होले आफूलाई सोही अनुरुप ढाल्न नसकेको आरोप लगाउँछन्। उनीहरूको विश्लेषण छ, उनले खेलभन्दा रमाइलोमा बढी समय खर्चे।

पिएसजीका तत्कालीन प्रशिक्षकले एकपल्ट उनीमाथि गम्भीर आरोप लगाएका थिए। प्रशिक्षणमा ध्यान नदिने, बढी बिदा माग्ने आरोप पनि उनीमाथि लाग्ने गरेको थियो। बार्सिलोनामा आबद्ध रहँदा उनी अभ्यास मैदानमा धेरै पल्ट नाइट क्लबकै पहिरन लगाएर पुगेको समाचार पनि प्रकाशन भएको थियो। 

खेल खस्किएपछि रोनाल्डिन्हो ब्राजिलको सन् २०१० विश्व कप टोलीमा अटाउन असफल रहे। अर्को वर्ष उनले इटाली छोडे। विस्तारै उनी विश्व फुटबलबाट ओझल हुँदैगए। उनले सन् २०१५ सम्म घरेलु फुटबल खेले। तर पछिल्लो दुई वर्ष उनी फुटबल मैदानबाट पनि बाहिर रहे। उनी दुई वर्षअघि भारतमा फाइभ ए साइड फुटबल खेल्न पनि आएका थिए।

१९ वर्षको चहकिलो फुटबलर करिअरको बिदाइ उनले सुखद ढंगले गर्न पाएनन्। रोनाल्डिन्होले गत वर्ष ‍अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिएका थिए। 

फुटबल खेलेर उनले कति कमाए र कति गुमाए यो विश्लेषणको विषय होला। तर, उनी एक्काइसौं सताब्दीको उत्कृष्ट फुटबल खेलाडीको सूचीभित्र अटाउने कुरामा सायदै कसैको दुईमत होला। आफ्नो जादुगरी ‘फुटवर्क’ मार्फत विपक्षीलाई फनफनी नचाउने उनको अद्भूत कला सबैले ‘मिस’ गरिरहेका छन्। 

भिडियो : 

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्