काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका सभापतिका आकांक्षी नेताहरुले आसन्न महाधिवेशनमा एउटै उम्मेद्वार तय गर्ने कसरत थालेका छन्। जसका लागि सोमबार बिहान पाैडेल पक्षका नेताहरूको बैठक बसेको थियो।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सभापतिमा दाबी गर्ने नेताहरुको बैठक बसेको हो। बैठक पाैडेल पक्षबाट साझा उम्मेदवार दिने विषयमा छलफल भएको र फेरि बसेर टुंगो लगाउने नेता अर्जुननरसिंह केसीले बताए।
बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसीलगायत सहभागी रहेको बताइएको छ।
पौडेल पक्षका सभापतिका आकांक्षीलाई एकै ठाउँ ल्याएर छलफलको संयोजन ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले गरेका थिए। उनी कोइराला परिवार निकट मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।