काठमाडौं– आर्थिक सहायता माग्दै गृह मन्त्रालयमा निवेदन दिनेको संख्या करिब एक हजार ५ सय पुगेको छ। उपचारदेखि विभिन्न नाममा हरेक दिनजसो सहयोगका लागि निवेदन पर्ने गरेको छ।
नयाँ सरकारले आर्थिक सहायता वितरणमा कडाई गरेको छ। देशका प्रतिष्ठित व्यक्तिलाई उपचारको खर्च उपलब्ध गराउने बाहेक अरुलाई आर्थिक सहायता उपलब्ध गराइएको छैन।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार आर्थिक सहायताका लागि करिब एक हजार ५ सय निवेदन मन्त्रालयका आएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘आर्थिक सहायताका लागि करिब डेढ हजार निवेदन आएका छन्,तर, हामीले आर्थिक सहायता दिएका छैंनौं, निश्चित मापदण्ड बनाएर मात्र यसमा निर्णय गर्नछौं।’
महन्थ ठाकुर लगायत केही नेताहरुलाई भने सरकारले उपचार खर्च दिने निर्णय गरेको छ। बिष्फोटमा घाइते भएका तथा बलात्कारबाट पीडित व्यक्तिहरुलाई मात्र हाल आर्थिक सहायतनासम्बन्धि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
विगतमा आर्थिक सहायताका नाममा कार्यकर्तालाई सरकारले पैसा बाढ्ने गरेको थियो। जसको आलोचना हुँदै आएको छ। अहिले पनि नेताहरुमाथि आर्थिक सहायताका लागि दबाब आइरहेको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।