काठमाडौं- फिल्म अभिनेत्री ऐश्वर्या राय बच्चन छोरी आराध्यासँग मध्यप्रदेशको ओरछा पुगेकी छन्।
शुक्रबार ओरछा पैलेस होटलमा उनको स्वागत गरिएको थियो। शनिबार मणिरत्नम निर्देशित साउथ इन्डियन फिल्म पोन्नियिन सेलवनको सुटिङका लागि त्यहाँ पुगेकी हुन्।
फिल्मको स्टार कास्टमा सहभागी प्रकाश राज, अभिनेत्री त्रिशा कृष्णन पहिलानै त्यहाँ पुगेका थिए। पोन्नियिन सेलवन एक ऐतिहासिक एक्शन-ड्रामा फिल्म हो, जो मणिरत्नमद्वारा लेखिएको छ। मणि रत्नम नै यसका निर्देशन पनि गरिरहेका छन्।
यसको सुटिङ १६ औं र १७ शताब्दीको भव्य महल र मन्दीरमा भइरहेको छ।
मणिरत्नमले यसअघि अभिषेक बच्चनका साथ फिल्म रावणको सुटिङ गरिसकेका छन्। यसका लागि अभिषेक केही दिन ओरछाको होटल अमर महलमा रोकिएका थिए।
मध्य प्रदेशको ऐतिहासिक शहर ओरछापछि यस फिल्मको सुटिङ ग्वालियरमा हुनेछ। बुन्देला शासकले बनाएको ओरछाको आलीशान लोकेशनका बीच यो पूरै फिल्म सुटिङ गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।