काठमाडौं- हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ।
कोरोना संक्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको शनिबार विहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना भएका थिए।
पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गरेका छन्। उनको परिवारमा सवै कोरोना संक्रमित छन्।
उनीको श्रीमती, एक छोरा र एक छोरी छन्। थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।