• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ३२, २०८३ Thu, Jul 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध न्यायिक पुनरवलोकन सम्भव छ? 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ४, २०७८  ०९:५६
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल सम्बन्धी ऐनको केही व्यवस्था संशोधन गर्दै अध्यादेश जारी गरेकी छन्। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भण्डारीले नै राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि आलोचना भयो र सरकारको सिफारिसमा उनले अध्यादेश फिर्ता पनि गरेकी थिइन्। दोस्रो पटक प्रधानमन्त्री देउवाले नेकपा एमालेको विभाजनलाई सहज बनाउन यो अध्यादेश ल्याउने निर्णय गरेका हुन्। 

बुधबार अध्यादेश जारी भएलगत्तै निर्वाचन आयोगमा दुईवटा राजनीतिक दल दर्ताका लागि निवेदन पेश भएका छन्। एमालेबाट विभाजन हुँदै माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित हुँदै महन्थ ठाकुरपक्ष जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता माग गर्दै आयोग पुगे।  अघिल्लो दिन संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेश सिफारिस गरेको थियो।

अध्यादेशमा नयाँ दलका लागि समानुपातिको ३ प्रतिशत थ्रेस होल्डदेखि जनप्रतिनिधिलाई कारबाही गर्न नमिल्नेसम्मका विषय समेटिए। त्यस्तै दल विभाजनका लागि आवश्यक सांसद र केन्द्रीय समितिको ४० प्रतिशत घटाएर २० प्रतिशतमा झारियो। त्यस्तै दुबैतिर पुग्नुपर्ने उक्त प्रतिशतलाई सहज बनाएर कुनै एकमा पुगे हुने बनाइयो। 

सरकारले अध्यादेश ल्याएपछि दुईटा दल विभाजित भएसँगै अहिले राजनीति फेरि तरंगित भएको छ। संवैधानिक कानुनका जानकारहरुले भने सरकारको कदम असंवैधानिक भएको टिप्पणी गरेका छन्।

यो पनि पढ्नुहोस्

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा पुगे ५ रिटबिहीबार, भदौ ३, २०७८

अध्यादेशविरुद्ध बिहीबारसम्म ६ थान रिट निवेदन सर्वोच्चमा पेश भएका छन्। यी रिटहरुको सुनुवाइ संवैधानिक इजलासबाट हुनुपर्ने माग गरिएको छ। यसअघि नागरिकता र बजेटको व्यवस्था सम्बन्धी अध्यादेशबारे संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भएकाले यो विवाद पनि संवैधानिक इजलासबाट निरुपण हुनुपर्ने रिटमा माग गरिएको छ। माग अनुसार भएमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले यो विषयमा सुनुवाइ गर्ने छ। 

न्यायिक पुनरवलोकन सम्भव छ : कानुनविद् 

संवैधानिक कानुनका जानकारहरुले राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटहरु न्यायिक पुनरवलोकनको विषय भएको बताएका छन्। उनीहरुले संविधानमा दल विभाजनका लागि निश्चित प्रतिशत नतोकिएपछि स्थिर राजनीतिक व्यवस्थाका लागि राखिएको प्रावधानसँग राजनीतिक दल सम्बन्धी ऐनको सम्बन्ध हुने र सरकारले मन लाग्दैमा संसदको अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन पाउने कि नपाउने भन्ने दुई विषयमा व्याख्याको आवश्यकता रहेको बताए। 

अध्यादेश कस्तो अवस्थामा ल्याउने र अध्यादेश राजनीतिक दलहरुले मन लाग्दैमा वा सरकारले चाहँदैमा सहजै संसदलाई छलेर जारी हुन सक्ने वा नसक्ने भन्ने  कुराको स्पष्ट रुपमा व्याख्या गर्नुपर्ने अवस्था सिर्जना भएकाले यसलाई न्यायिक पुनरवलोकन मार्फत व्याख्या गर्नुपर्ने उनीहरुको तर्क छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिनिधि सभा विघटन गरिएलगत्तै अर्को दिन अध्यादेश जारी गरिनुलाई सहज, सामान्य वा नियमित अभ्यास मान्न नसकिने पनि सर्वोच्चले ठहर गरेको थियो। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अध्यादेश ल्याउने संविधानको व्यवस्था भन्दैमा जे पायो त्यही ल्याउन पाइने अधिकार नभएकाले सर्वोच्चले यसमा दलहरुलाई सचेत गराउनुपर्ने अवस्था आएको बताए। 

‘अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद अन्त्य गर्ने, विघटन गर्ने जस्ता कार्य गरेर अध्यादेशबाटै शासन चलाउन खोजे, अहिले शेरबहादुर देउवाले पनि त्यही अभ्यास सुरु गरे’, केसीले भने, ‘यो घोर असंवैधानिक छ, गैरकानुनी अभ्यास सुरु भएको छ।’ 

राजनीतिक दलहरु सुध्रेलान् अनि शासन व्यवस्था कानुनी रुपमा सञ्चालन गर्लान् भनि सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्दै राजनीतिक नैतिकता जस्ता कुराको व्याख्या गरेको भएपनि दलहरु आफ्नो स्वार्थका लागि प्रणाली भत्काउनमै केन्द्रित भएको केसीको बुझाइ छ। सर्वोच्चले नागरिकता अध्यादेशको मुद्दामा स्पष्ट रुपमा भनेकाले सरकारको गलत कदम सच्चाउने कार्य फेरि पनि सर्वोच्चकै भएको उनले बताए। 

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधानमा कति प्रतिशत भए दल विभाजन हुन पाउने भन्ने कुरा नलेखि यो कानुन बनाउने अधिकार विधायिकालाई दिएको र अध्यादेश विधायिकाले जारी गरेको कानुन नभएकाले पुनरवलोकन हुने अवस्था रहेको बताए। ‘अव यो विवादको विषय हो। कति प्रतिशतमा छुटेमा विभाजन मान्ने संविधानले भन्दैन’, उनले भने, ‘कानुन बनाउने अधिकार विधायिकाको हो। यसलाई मिचेको विषयमा व्याख्या गर्दै सरकारलाई आदेश दिन सकिन्छ।’  

संविधानमा छुट दिएकाले सरकारले अध्यादेशमार्फत दल विभाजनका लागि २० प्रतिशत भए पुग्नेदेखि समानुपातिको थ्रेस होल्डसम्म हटाउने कार्य गरेको भएपनि यो विवादमा अब संविधानको व्याख्या गर्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

अध्यादेशमा नयाँ व्यवस्था : प्रदेश र स्थानीय तहमा विजयीले तीन साताभित्र पार्टी त्यागेमा पद नजानेबुधबार, भदौ २, २०७८

अध्यादेश कस्तो र कुन अवस्थामा ल्याउने जस्ता कुरामा पनि व्याख्या गर्नुपर्ने उनले बताए। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले राजनीतिक दलसम्बन्धी अध्यादेश गैरकानुनी रुपमा जारी भएको टिप्पणी गरे। 

‘यो अध्यादेश कानुनी र संविधानको आँखामा हेर्दा फिर्ता हुनुपर्छ। यो गैरसंवैधानिक छ’, उनले भने, ‘सर्वोच्च अदालतले न्यायिक पुनरवलोकन गर्नुपर्छ। सर्वोच्चले यसलाई बदर गर्ने वा कार्यान्वयनमा रोक लगाउने धेरै आधारहरु देखिन्छ।’ 

अध्यादेश जारी गर्ने आधार संविधानले दिएको छ भन्दैमा सबै कुरामा अध्यादेश ल्याउने परिकल्पना संविधानले नगरेको उनको भनाइ छ। ‘संविधानमा अध्यादेश ल्याउने व्यवस्था कसैलाई दल फुटाउन मन लागेको भरमा ल्याउन राखिएको होइन’, उनले भने, ‘यो त सरकार चलाउन वा कुनै तत्कालै नगरी नहुने आपतकालीन कानुन जारी गर्नुपर्‍यो भने त्यसलाई पछि संसद्मा लगेर वैधानिकता दिने सोचका साथ गरिएको व्यवस्था हो।’ 

के थियो नागरिकता अध्यादेशमा सर्वोच्चको टिप्पणी? 

जेठ २७ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेशको बारेमा आदेश गर्दै अमुक राजनीतिक उद्देश्य प्राप्ति गर्न खोजिएको छद्म विधायन भनि टिप्पणी गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै भोलिपल्ट जनता समाजवादी पार्टीको एक पक्ष, महन्थ ठाकुरपक्षलाई सरकारमा ल्याउन नागरिकता सम्बन्धी अध्यादेश ल्याएका थिए। 

उक्त अध्यादेशविरुद्ध दायर भएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपकुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासले नागरिकतासम्बन्धी अध्यादेशका सन्दर्भमा सरकारलाई ८ बुदाँमा आदेश गरेको थियो। 

प्रतिनिधि सभा विघटन गरिएलगत्तै अर्को दिन अध्यादेश जारी गरिनुलाई सहज, सामान्य वा नियमित अभ्यास मान्न नसकिने पनि सर्वोच्चले ठहर गरेको थियो। 

‘नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८ जेठ ८ गते गरिएको निर्णय र सिफारिसअनुसार सोही मितिमा प्रतिनिधि सभाको विघटन गरिएको र लगत्तै अर्को दिन अर्थात् ९ गते विवादित अध्यादेश जारी गरिएको देखिन्छ’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘अघिल्लो दिन प्रितिनिधि सभा विघटन भएको र लगत्तै भोलिपल्ट अध्यादेश जारी गरिएको देखिँदा यस प्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासको रुपमा लिइयो भने संविधानद्वारा प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुन पुग्ने र शक्तिपृथकीकरणको सिद्धान्त अनुकूल व्यवस्थित संविधानका प्रावधानहरुको प्रयोग वा कार्यान्वयनमा अनुचित  असर पर्न जानेसमेत देखिन्छ।’   

यो पनि पढ्नुहोस्

नागरिकता अध्यादेशबारे सर्वोच्चको टिप्पणी– अमुक राजनीतिक उद्देश्य प्राप्ति गर्न खोजिएको छद्‌म विधायनबिहीबार, जेठ २७, २०७८

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेशलाई छद्म विधायनसमेत भनेको थियो। शासकीय सुविधा वा अमुक राजनीतिक उद्देश्य प्राप्तिका लागि विधायिका (संसद)लाई छलेर अध्यादेश जारी गर्दा त्यसबाट विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप गरेको अवस्था पैदा हुनेतर्फ पनि सर्वोच्चले सचेत गराएको थियो।  

‘विधायिकालाई छल्ने उद्देश्यले जारी गरिएको अध्यादेशलाई छद्म विधायन मानिन्छ र त्यस प्रकारको अध्यादेशले संवैधानिक वैधता प्राप्त गर्न सक्दैन भन्ने कानुनी सिद्धान्त रही आएको छ,’ सर्वोच्चको आदेशमा भनिएको थियो।

अहिलेको अध्यादेश पनि संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट संसदलाई छल्ने गरि ल्याइएको छ। त्यसैले उक्त आदेशमा लिएको सन्दर्भ यो अध्यादेशसँग मिल्ने जिकिरसहित सर्वोच्चमा रिट पुगेका छन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय
संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
सम्बन्धित सामग्री
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश अब सम्पत्ति जाँचबुझ आयोगले पूर्ण इजलासबाट अर्को फैसला नभएसम्म कसैको पनि सम्पत्ति छानबिन र विवरण माग गर्न नपाउने भएको छ । बुधबार, असार ३१, २०८३
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय बुधवार बसेको संसदीय दलको बैठकले आज साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेत... बुधबार, असार ३१, २०८३
संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य बुधबारको प्रतिनिधिसभा बैठकमा उनले जनताको निराशालाई आशामा बदल्ने ठाउँ संसद रहेको बताए । उनले सांसदहरू सही दिशामा छौँ कि छैनौँ यी सबै... बुधबार, असार ३१, २०८३
ताजा समाचारसबै
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय बुधबार, असार ३१, २०८३
संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य बुधबार, असार ३१, २०८३
डिजिटल माध्यम र एआईसमेत समेट्दै सरकारले ल्यायो नयाँ राष्ट्रिय विज्ञापन नीति (पुर्णपाठ) बुधबार, असार ३१, २०८३
सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन : सांसद शाही बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्