• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

पाश्चात्य कलामाथि पूर्वीय अभिलेखन

64x64
ज्ञानेन्द्र विवश शनिबार, भदौ ५, २०७८  १३:३५
1140x725

नेपाल सरकारको निसान छाप प्रयोग भएको त धेरैले देखेका छन्, तर यसको डिजाइन निर्माण गर्ने व्यक्तिबारे कमैलाई थाहा होला। उनी हुन्, कलाकार नवीन्द्रमान राजभण्डारी।

उनी निजामती सेवाअन्तर्गत पाठ्यक्रम विकास केन्द्रमा लामो समयसम्म कार्यरत थिए। त्यहाँ रहँदा विद्यालयस्तरीय अनेकौँ पाठ्यपुस्तक तथा बाल–सन्दर्भ सामग्रीहरूको लागि ग्राफिक डिजाइन गरे। ती पुस्तक पढेर धेरैले औपचारिक शिक्षाका खुड्किलो उक्लिएका छन्।

राजभण्डारी विगत चार दशकदेखि कलाकारितामा व्यस्त छन्। तर, उनी कलामा रङ मात्र भरिरहेका छैनन्, कलालेखन पनि गरिरहेका छन्। प्राज्ञिक कर्ममा समेत संलग्न छन्। उनी सिर्जना कलेज अफ फाइन आर्टस्मा सहायक प्रिन्सिपल छन्। कला इतिहासको प्राध्यापन गर्छन्।

ज्ञानेन्द्र विवश

उनले लेखेको ‘पाश्चात्य कलाः सङ्क्षिप्त इतिहास’ को पहिलो भाग २०७० सालमै प्रकाशित भएको हो। गत वर्ष पुस्तकको दोस्रो भाग पनि प्रकाशित भएको छ। यी दुई पुस्तक नेपाली साहित्य र ललितकलासँग सम्बद्धहरूका लागि अत्यन्त उपयोगी र आवश्यक कृति हुन्।

नेपालको कलाक्षेत्रमा यस किसिमको अध्ययन, अनुसन्धान गरी लेखिएका कृतिको अभाव छ। त्यस अभावलाई यी पुस्तकले केही हदसम्म पूरा गरेका छन्। कला अध्येता, अनुरागी, समीक्षक, अनुसन्धाताका लागि मात्र नभएर कलाका विद्यार्थीहरूका लागि पनि यी कृति महत्वपूर्ण छन्।

यसबाहेक उनले उहिल्यै ‘माध्यम’ कलापत्रिकाको सम्पादन गरे। २०४६ सालमा प्रजातन्त्र आगमनसँगै यो पत्रिकाले कला र कलाकारको परिचर्चामा सकारात्मक भूमिका खेलेको स्मरणीय हुन्छ। त्यसपछि सिर्जना कलेजको वार्षिक मुखपत्र ‘सिर्जना’ पत्रिका र जर्नलको सम्पादन र लेखनमा उनको योगदान छ। उनले ‘चित्रकला’ नामक पुस्तकको लेखन र सम्पादन पनि गरेका छन्।

कलाकार तथा कलालेखकको रूपमा स्थापित राजभण्डारीको तन्मय सिर्जनात्मक नवीनताकै खोजी र चासो हो। हरपल उनी कलालेखन र क्यानभासमा नयाँ आकृति सिर्जनाकै ध्याउन्नमा रहन्छन्। व्यस्तता एकातिर, व्यवस्थापन र व्यावहारिक कार्य अर्कोतिर छ। तथापि, निष्फिक्री भएर निरन्तर सिर्जनामा तल्लीन हुनु उनको पहिचान हो। नेपाली र विदेशी कला गतिविधिहरूसँग सन्निकट सरोकार राख्ने उनको स्वभाव छ। यही कारण उनको सिर्जनात्मक सक्रियता सराहनीय छ।

राजभण्डारीको नवीनतम् कृति ‘पाश्चात्य कलाको सङ्क्षिप्त इतिहास’ को दोस्रो भागमा १७औँ शताब्दीको बरोक कलादेखि २०औँ शताब्दीको उत्तरार्धसम्म देखापरेका उल्लेखनीय कला आन्दोलन, विधा, शैली तथा प्रतिनिधि कला र कलाकारहरूको विषयमा सङ्क्षेपमा जानकारी दिने प्रयास गरिएको छ। रङ्गीन चित्रकृतिहरु सहितको कृतिले कला र कलाकारको राम्रो विवरण प्रस्तुत गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘पाश्चात्य कलाः सङ्क्षिप्त इतिहास’, दोस्रो भागमा पाश्चात्य कलाको इतिहासको क्रम, त्यसमा विशिष्ट महत्व राख्ने कला शैली, कला आन्दोलन तथा कलाकारबारे सङ्क्षेपमा मात्र जानकारी समेट्न सकिएको यथार्थप्रति लेखकको स्वीकारोक्ति छ। १७औँ शताब्दीको युरोपको कलालाई ‘बरोककला’ भनिन्छ, यसैको विवरण उठानबाट पुस्तकमा इतिहास लेखनको अध्याय आरम्भ भएको छ।

कुनै पनि कलाकारले छोटो समयमा र सजिलै सफलता पाएको होइन भन्ने तथ्यलाई पनि पुस्तकमा वर्णन गरिएको छ। नयाँ कामको प्राप्ति तथा कलामा फड्को मार्ने काम वा कलामा नयाँ शैली, वाद र नयाँपनको उपस्थिति अन्ततः लामो समयको सिर्जनात्मक सङ्घर्ष, समर्पण र पर्खाइपश्चात् मात्र प्राप्त हुन्छ।

यही चरणमा विश्वप्रसिद्ध कलाकारहरूको जन्म हुनु र तिनले सिर्जेका कलामा नयाँपन देखा पर्नु आफैँमा गौरवको कुरा हो। यति मात्र होइन कि त्यसले विश्वलाई नै कला, सीप र कौशलमा नयाँ शैली दिएको छ। विशाल मूर्ति, चित्र, भित्तेचित्र, भवन, सिलिङ आदिमा रचना गरिएका सिर्जना नयाँ सोच र सामर्थ्यका उपज हुन्। यसरी मूर्ति, चित्र, वास्तु, शिल्पकला तथा भित्ते चित्रकलामा समेत नयाँ अध्याय प्रारम्भ भयो। यी सन्दर्भका बहुआयामिक पक्षमा लेखकीय व्याख्या, विवेचना र सचित्र विवरणहरू पुस्तकमा छन्।

कलाकारहरूको रोचक जीवनशैली, पीडादायी जीवन सङ्घर्षका साथै पाएको सफलता र ल्याएको नयाँपनले विश्वलाई नै अर्कै संसारमा विचरण गराउने क्षमता राख्छ। कुनै पनि कलाकारले छोटो समयमा र सजिलै सफलता पाएको होइन भन्ने तथ्यलाई पनि पुस्तकमा वर्णन गरिएको छ। नयाँ कामको प्राप्ति तथा कलामा फड्को मार्ने काम वा कलामा नयाँ शैली, वाद र नयाँपनको उपस्थिति अन्ततः लामो समयको सिर्जनात्मक सङ्घर्ष, समर्पण र पर्खाइपश्चात् मात्र प्राप्त हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी १८औँ शताब्दीमा रोकोको शैलीको उत्कर्ष र नवशास्त्रीयतावाद तथा स्वच्छन्दवादको अभ्युदयका विषयगत विवरणमा पनि उत्तिकै चाखलाग्दा चर्चा र चित्रहरू समाविष्ट छन्। वादहरू कसरी जन्मिन्छन् र तिनले समय र समाजलाई के कस्तो असर पार्छ भन्ने सन्दर्भमा पनि यस आलेखले राम्रो जानकारी दिन्छ। आज वादका नाममा अनेक प्रकारका कलारचनाले विकृतिहरू भित्रिन थालिरहेको छ। यसमा प्रस्तुत पुस्तकको अध्ययनबाट सकारात्मक गति र गन्तव्य मिल्ने आधार प्रशस्तै छ।

पुस्तकमा लेखिएको छ, ‘नवशास्त्रीयतावादी कलाकारहरूले रोकोको शैलीलाई अस्वीकृत गर्दै शास्त्रीय विषयवस्तुमा आधारित कलाकृतिहरू सिर्जना गर्न थालेका थिए। शताब्दीको अन्त्यतिर इङ्ल्याण्डमा स्वच्छन्दतावादी आन्दोलनको थालनी भइसकेको थियो। फ्रान्सेली क्रान्तिको ज्वालासँगै १८औँ शताब्दीको समापन भएको थियो, र आगामी १९औँ शताब्दीको पूर्वाद्र्धसम्म नवशास्त्रीयतावाद र स्वच्छन्दतावादको वर्चस्व कायम रहेको थियो।’  

प्रस्तुत पुस्तकमा लेखक राजभण्डारीको अर्को विश्लेषणको पक्ष कलाको सविस्तार वर्णन र त्यसको विगत विवरण पनि हो। कलाको अध्ययन, खोजी, चिन्तन र चित्रण आदिमा चासो जागृत पारिरहन्छ। यौटा सफल कृतिकारको यो एक विशेषता पनि हो। कथानक प्रस्तुतिको प्रवाहमा पाठकलाई पुस्तकमा डुलाइरहनु, अनि त्यसबाट नयाँ ज्ञान–गरिमाको प्राप्ति हुनु महत्वपूर्ण छ। तिथिमिति, नाम, काम र तिनको सचित्र जानकारी दिँदै लेखकले पाश्चात्य कलाको इतिहासलाई सुन्दर ढंगले पेश गरेका छन्।

विगतमा प्रातःस्मरणीय अग्रज कलाकारहरूले त्यति काम नगरिदिएका भए आजको कलाले यो रूपमा विकासको फड्को मार्न अरू कैयौँ वर्ष पर्खिनुपर्ने थियो। तत्कालीन समयमा उनीहरूले खेलेको भूमिका र कलामा गरेको प्रयोगात्मक बान्की, शैली र प्रस्तुतिहरू नै आजको विकसित रूपको उपलब्धि हो।

पाश्चात्य कलाको इतिहासले विश्वकला जगतमा आज प्रभाव, प्रेरणा, गति र गन्तव्य दुवै दिएको छ। १७औँ शताब्दीबाट २०औँ शताब्दीको उत्तरार्धसम्मको कला विकासका चरणहरूलाई सचित्र वर्णन गरिएको पुस्तकले आजका पुस्तालाई पर्याप्त जानकारी दिन्छ।

यसबाट प्राप्त पाठकीय ज्ञानको सही सदुपयोगले नेपाली कला इतिहासमा पनि गहकिलो भूमिका स्थापित गर्न सकिन्छ। त्यसका लागि अध्ययनका साथ कार्यान्वयनको पनि आवश्यकता पर्छ। विश्वकला जगतको प्रगतिको प्राप्ति आजका पुस्ताका लागि प्रेरणादायी पाटो हुँदै हो, त्यसलाई सरल नेपाली भाषामा पठनीय किसिमले लेखेर कलाकार तथा लेखक राजभण्डारीले अनुपम उपहार दिएका छन्।

कलाका विद्यार्थीहरूले पाश्चात्य कलाको इतिहासलाई समग्र रूपमा जानकारी हासिल गर्ने यो एउटा अवसर हो। साथै कलाकार, कलासमीक्षक, कलानुरागीहरूले पनि पाश्चात्य कलाको इतिहासको गरिमामय विगत कालखण्डलाई राम्ररी अध्ययन गरी ज्ञानको क्षितिजलाई फराकिलो पार्ने अवसर पाउँछन्। यी सबै अवसर उपलब्ध गराइदिने सर्जक राजभण्डारी बधाई र धन्यवादका पात्र हुन्।

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्