काठमाडौं- ४ महिनादेखि खाली रहेको मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात मामीको प्रमुखमा नायिका प्रियंका चोपडा नियुक्त भएका छन्।
बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएपछि विवादमा परेकी नायिका दीपिका पादुकोणले मामीको प्रमुखबाट राजीनामा दिएकी थिइन्। त्यसअघि निर्माता करण जोहरले पनि बलिउडमा परिवारवाद अगाडि बढाएको भन्दै चर्को आलोचना भएपछि राजीनामा दिएका थिए।
मामीको प्रमुखमा नियुक्त भएपछि प्रियंकाले भनेकी छिन्–‘मलाई लिडिङ फिल्म फेस्टिभलको प्रमुख पदको जिम्मेवारी सम्हाल्न पाएकोमा गर्वको महसुस भएको छ।’
यो बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, दीपिका पादुकोण, जोया अख्तर र करण जोहर छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।