• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले छानीछानी नेपालपक्षका १४ जनालाई मात्र किन गरे कारबाही?

64x64
नेपाल लाइभ मंगलबार, भदौ १, २०७८  २३:०८
1140x725

काठमाडौं- नेकपा (एमाले(का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न मंगलबार संसद सचिवालयमा पत्र पठाएका छन्। उनीहरुलाई पार्टीको सदस्यबाट निष्कासन गरिएको जानकारीसहितको पत्र उनले निर्वाचन आयोगमा समेत पठाएका छन्। तत्कालीन नेकपा हुँदै गत फागुन २३ गते ब्युँतिएको एमालेमा चर्को अन्तरसंघर्ष अन्ततः फुटतर्फ मोडिएका बेला ओलीले मंगलबार पार्टीभित्र आफ्नो विरोधी खेमाको नेतृत्व गरिरहेका नेपालमाथि कारबाहीको सम्भवतः अन्तिम अस्त्र प्रयोग गरेका हुन्।

तर, नेपालसहित १४ जनालाई मात्र ओलीले किन कारबाही गरे भन्ने प्रश्न अहिले एमालेभित्र मात्र होइन, बाहिर पनि उठिरहेको छ। कुनैबेला ओलीको बिरोधमा आगो ओकल्ने अरु कैयौं सांसद र नेतामाथि ओली किन नरम देखिए त? 

ओलीमाथि आफ्नो सबैभन्दा चर्को विरोध गर्नेलाई पहिलो टार्गेट बनाएर कारबाही गरेको आरोप लागेको छ। अन्य नेताहरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भन्ने आकलन गरेर कारबाही नगरिएको हुनसक्ने अनुमान पनि गरिएको छ। जेसुकै कारण भए पनि ओलीले यसमा रणनीतिक कदम चालेको आकलन गर्न सकिन्छ। 

यसरी कारबाहीमा नपर्नेमा एमालेभित्रको संकट सुल्झाएर पार्टीलाई एकताबद्ध पार्ने भन्दै गठन गरिएको कार्यदलमा रहेका नेपाल समूहका नेता धेरै छन्। उनीहरुले लामो समय पार्टी एकता जोगाउने भन्दै ओली र नेपाल दुवैपक्षसँग छलफल र परामर्श गरेका थिए। पछिल्लो समय नेपाल समूहमा कार्यदलका सदस्यहरुले धोका दिएको टिप्पणी हुनथालेको छ। अहिले उनीहरु बाहिरबाट हेर्दा अध्यक्ष ओलीतर्फ ढल्किए झैं देखिए पनि पार्टी विभाजन हुने स्थितिमा कसलाई साथ दिन्छन् भन्ने जोडघटाउ हुन भने बाँकी नै छ। 

यो पनि पढ्नुहोस्

माधव नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने एमालेको निर्णयमंगलबार, भदौ १, २०७८

यसबीचमा एमाले एकताका लागि भन्दै ओलीपक्षबाट विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र विष्णु रिमाल सक्रिय थिए। त्यस्तै, नेपालपक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त थिए। यी दुवैपक्षका नेताहरु सम्मिलित एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमतिपत्र तयार पारेको थियो। तर, त्यो सहमतिले एमालेमा मन भाँचिइसकेका ओली र नेपाल दुबैलाई संवादमा समेत ल्याउन सकेन। त्यो क्रम यसरी बढ्दै गयो कि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन अन्त्य गरेर नेपालपक्षलाई एमाले फुटाउन सहज हुनेगरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरे। त्यसैलाई काउन्टर दिन ओलीले नेपालसहित १४ जना नेतालाई कारबाहीको निर्णय गरेका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यो निर्णयसँगै एमाले एकताको सम्भावना करिब सकिएको छ। पार्टी एकताका लागि पछिल्लो समय नेपालपक्ष केही नरम देखिएको भए पनि खासै रुचि नदेखाएका ओली सरकारले दल विभाजन गर्ने अध्यादेश सिफारिस गरेपछि आक्रामक बनेका हुन्। कारबाहीको यो निर्णयपछि नेपालपक्षका नेता घनश्याम भुसाल ओलीलाई भेट्न मंगलबार बेलुकी ओलीनिवास बालकोट पनि पुगेका थिए। 

'पार्टी एकताका लागि अन्तिम प्रयास गर्छु, कतै चमत्कार हुन्छ कि!' भन्दै भुसाल नेपालपक्षको बैठकबाट सीधै बालकोट पुगे। ‘केपी कमरेडले यसरी भटाभट कारबाही गर्न थालेपछि एकता हुने सम्भावना लगभग टुंगियो। त्यही पनि केपी कमरेडलाई एक पटक भेट्न जान्छु भन्दै घनश्याम कमरेड बालकोट जानुभयो,’ नेपालपक्षको बैठकमा सहभागी एक नेताको भनाई थियो।

भुसालसहित तत्कालीन कार्यदलमा सहभागी नेताहरुसमेत ओलीसँगको भेटमा सहभागी भएका थिए। तर, तर, त्यो भेटले कुनै उपलब्धि हात नपरेको बताइन्छ। यसरी एकतामा प्रयास गरेका भुसाल नेपाललाई छोडेर ओलीतिर जान्छन् भन्ने धेरैले विश्वास गरेका छैनन्। तर, भुसालले आफ्नो पछिल्लो मूड कतै खुलाएका छैनन्।

कार्यदलमा सहभागी नेपालपक्षका अर्का नेता भीम रावललाई ओलीले आफ्नो उत्तराधिकारी हुनेगरी नेतृत्वमा आउन आग्रह गरेको चर्चा सार्वजनिक भएकाले नेपालपक्षका धेरैले उनलाई शंकाको नजरले हेरिरहेका छन्। मंगलबार उनले सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति पनि त्यस्तै छन्। उनका अभिव्यक्तिले उनी नेपाल समूहबाट टाढा गइसकेको संकेत गर्छन्। तर, उनले पनि अब आफ्नो कित्ता कता हुने भन्ने प्रष्ट गरिसकेका छैनन्। 

यो पनि पढ्नुहोस्

माधव नेपालसहित १४ जनामाथि ह्विप उल्लंघनको आरोप, सभामुखले रोक्न सक्छन्? मंगलबार, भदौ १, २०७८

अर्का नेता गोकर्ण विष्टले पछिल्लो समय पार्टी एकतामा निक्कै जोड गरेका थिए। उनले सरकारले ल्याएको दल विभाजन सहज हुने अध्यादेशको चर्को विरोध गरेका छन्। ओलीको कारबाहीको निशानामा नपरेका उनी अब कता खुल्छन् भन्नेबारे स्वयं नेपालपक्ष नै ढुक्क देखिँदैन। कार्यदलकै अर्का सदस्य सुरेन्द्र पाण्डे जसरी पनि पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका छन्। अन्तिम अवस्थामा पाण्डेले कता पाइला टेक्छन् भन्नेबारे ५०-५० प्रतिशत सम्भावना रहेको नेपालपक्षका अर्को एक नेताले दाबी गरे।

कार्यदलमा सहभागी नेता पन्त नेपालपक्षको प्रवक्ताको समेत जिम्मेवारी दिएकाले ओलीपक्षमा नजानेमा ढुक्क जस्तै छन्। उनको निर्णयलाई समेत नेपालपक्षका नेताहरुले नजिकबाट नियाल्ने प्रयास गरेका छन्। नेता योगेश भट्टराईको आमाको निधन भएकाले मातृ शोकमा छन्। उनी शोकमा भए पनि सामाजिक सञ्जालबाट पार्टी विभाजन हुनेगरी ल्याउन थालिएको अध्यादेशको चर्को विरोध गरेका छन्। तर, उनी पार्टीको भविष्यलाई हेरेकाले नेपाललाई छोडेर ओलीतिर जान्छन् कि भन्नेमा बढ्दा शंका गरेका छन्। यस्तै नेता अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पछिल्लो समय नेपालपक्षका नेताहरुले बढ्दा शंका गर्न थालेका छन्। पछिल्लो समय शाक्य र ज्ञवालीको टोन फेरिएको, त्यसमा गुटको भेलाहरुमा आशंकाको नजरले हेर्न थालिएको छ।

सम्भवतः नेपाल समूहभित्रको यही परिदृष्यलाई ध्यानमा राखेर ओलीले मंगलबार केही सीमित नेतामाथि मात्र चलाखीपूर्वक कारबाहीको डण्डा चलाएका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  २३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
व्यवसायी ऋषिराज मोरसँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग्यो
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
सम्बन्धित सामग्री
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरवलोकनको निवेदन स्वीकार गर... बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति राष्ट्रियसभाको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न नसोध्न चेतावनी दिएका थिए । बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बिहीबार, साउन २१, २०८३
ताजा समाचारसबै
व्यवसायी ऋषिराज मोरसँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग्यो बिहीबार, साउन २१, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ बिहीबार, साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्