काठमाडौं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय गरेको छ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो।
उनीहरुलाई कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराइएको केपी शर्मा ओली प्रधानमन्त्री रहँदा कानुनी सल्लाहकार रहेका बाबुराम दाहालले नेपाल लाइभलाई जानकारी दिए।
कारबाहीमा परेका नेताहरुमा वरिष्ठ नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।