धरान- गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रवर्द्धनका लागि अर्को नयाँ युगल गीत ‘इनरुवा बजारमा’ सार्वजनिक गरेका छन्।
गायक विश्व नेपाली र गायिका टीका प्रसाईंको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन्।
युवराज वाइबाको निर्देशनमा तयार भएको गीतको भिडियोमा रिमा विश्वकर्मा तथा कमल सिंहको अभिनय रहेको छ भने निशाल पौडेलको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।
आफ्नो जन्म स्थानको प्रचार प्रसारको लागि र आफ्नो मातृभूमिप्रति समर्पित भएर यो गीत निर्माण गरेको रेग्मीले बताए। रेग्मीले दुई महिना पहिले नै रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा ‘सुनसरी इनरुवा’ बोलको गीत सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।