काठमाडौं– सरकारका मन्त्रीहरुमध्ये सबैभन्दा चर्चामा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उपलब्धिहरु सार्वजनिक गरेका हुन्।
सुन तस्कर पक्राउदेखि सिन्डिकेट अन्त्यसम्मका कामहरु आफ्ना प्रमुख सफलता भएको उनले बताएका छन्।
देशको समृद्धि र विकासका लागि सुशासन महत्वपूर्ण हुने भएकाले आफु देशमा सुशासनमा केन्द्रीत भएको उनले बताए। सुशासनका लागि सिन्डिकेट तोड्नेदेखि समयमा काम नगर्ने ठेकदारलाई कारबाहीसम्मको काम गरेको र त्यसलाई निरन्तरता दिइने उनले बताएका छन्।
उनको सचिवालयले सय दिनमा गरेका उत्कृष्ट १५ काम सार्वजनिक गरेको छ। जसमा कैदीको सिदा बृद्धि तथा प्रहरीका बढुवासम्म छन्। प्रहरी ऐन निर्माणको प्रक्रियालाई पनि सफलतामा राखिएको छ।
यस्ता छन् गृहमन्त्रीका १५ सफलताः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।