काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई बोनस सेयर प्रस्ताव गरेको छ। इन्स्योरेन्स सञ्चालक समितिले लगानीकर्तालाई १६ दशमलब ८० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ७२ करोड १८ लाख रुपैयाँको १२ करोड १२ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ६३ लाख ७२ हजार रुपैयाँ बराबरको नगद लाभाशं प्रस्ताव गरेको हो।
लगानीकर्ताले भने उक्त प्रस्तावित लाभाशं बिमा समिति र कम्पनीको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।