मुम्बई- कंगना रनौट आफ्नो निष्फिक्री बिचारका लागि प्रशिद्ध छन्। कहिलेकाहिँ आफ्नो त्यो बोली आफैंमाथि भारी पर्छ। चर्चामा रहन रुचाउने कंगना यतिबेला इन्स्टाग्राममा ट्रोल भइरहेकी छिन्।
उनले आफ्नो फिल्म ‘धडक’को र्याप पार्टीका केही तस्वीर सार्वजनिक गरेकी थिइन्। जसका कारण उनी ट्रोलकी शिकार भएकी हुन्।
जुन तस्वीर सार्वजनिक गरेकी छन् त्यहाँ उनी सेतो पारदर्शी ब्रालेट र सेतो पाइन्टमा छिन्। उनको यो तस्वीरपछि इन्स्टाग्रा प्रयोगकर्ताले उनलाई केही समयअघि हलिउड तथा बलिउड नायिकाहरुको पहिरनमाथि गरेको कमेन्ट सम्झाएका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘त्यो तपाईं नै हो नि, जसले बलिउडका अन्य नायिका र हलिउडकी रिहानाको कपडाका विषयमा सवाल उठाउनुभएको थियोरु’
अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘यही कलाकार होइन, जसले फाटेको जिन्स र भारतीय संस्कृतिमाथि लेक्चर दिएकी थिइ।’
केही समय पहिले उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावतले महिलाले फाटेको जिन्स लगाउनु गलत रहेको बताएका थिए।
उक्त भनाइमाथि भारतीय महिला र बलिउडकर्मीले समेत विरोध गरेका थिए। तर, कंगनाले ट्वीटमार्फत् युवतीलाई आफूबाट परम्परागत रुपमा जिन्स लगाउन सिक्नुपर्ने बताएकी थिइन्।
उनले लेखेकी थिइन्, ‘यदि तपाईंलाई फाटेको जिन्स लगाउनुछ भने म जस्तै कुल देखिनुपर्छ। ताकी देख्नेहरुलाई लागोस्( स्टाइल हो, भिखारी हैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।