काठमाडौं- नेकपा एमालेका सांसद् गोपालबहादुर बमले प्रतिनिधि सभाको शून्य समयमा सांसद्हरुले उठाएका कुराहरुलाई कार्यान्वयन गर्न माग गरेका छन्। बिहीबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सो आग्रह गरेका हुन्।
'सबै माननीय सांसद्ज्यूहरुले उठाएका शून्य समयका कुरा सरकारलाई कानमा सुनाउने गरिकन कार्यान्वयन गरिदिन अनुरोध गर्न चाहन्छु', उनले भने।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५ (२) मा शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
सांसद्हरुले पनि पटकपटक शून्य समयमा उठेका विषयलाई कार्यान्वयनको लागि माग उठाउने गरेका छन्। तर, त्यसको त्यसरी उठाइएको विषय बेवास्तामा पर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।