• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २७, २०८३ Sat, Jul 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'शून्य समय'लाई सुन्ने कहिले?

64x64
किशोर दहाल शनिबार, साउन ३२, २०७६  १७:०५
1140x725

काठमाडौं– २०७५ फागुन ६ गते प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपाका सांसद गोपालबहादुर बमले भनेका थिए, 'शून्य समयमा जिल्लाका समस्याका कुरा उठेका हुन्छन्। 'शून्य'को पूर्णांक पनि शून्य छ। सुनुवाइ पनि शून्य छ। उपलब्धि पनि शून्य अवस्थामा छ।'

उनी शून्य समयको महत्वबारे मात्रै प्रकाश पारिरहेका थिएनन्, शून्य समयमा उठेका विषयलाई प्रभावकारी ढंगले अगाडि बढाउनसमेत आग्रह गर्दै थिए।

प्रतिनिधिसभाको शून्य समयमा सांसदले उठाएका विषयलाई सरकारले सम्बोधन नगरेको गुनासो बमजस्तै धेरै सांसदको छ। उनीहरुले शून्य समयमा उठेको विषयप्रति गम्भीर हुन सरकारलाई आग्रह गरिरहन्छन्। तर, आग्रह पालना भएको देखिन्न।

शून्य समय र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ५ दिनभित्र सभामुखमार्फत सदनलाई उपलब्ध गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ। प्रतिनिधिसभा नियमावली २०७५ को दफा १५ मा शून्य र विशेष समयको व्यवस्था गर्दै भनिएको छ–
(१) सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले सदनको कार्यबोझलाई विचार गरी शून्य समय र विशेष समय तोक्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुख मार्फत सदनलाई उपलब्ध गराउनुपर्नेछ।

विषय प्रवेशको सहज बाटो
कार्यसूची र विषयको चाप हेरेर सभामुखले संसद्को दैनिक कार्यसूची प्रारम्भ हुनुअघि सांसदहरुलाई बोल्नका लागि समय छुट्याउँछन्। शून्य समय र विशेष समय भनेर चिनिने सो समयमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, जिल्लाका समस्या उठाउने गरेका छन्। कतिपयले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय-सन्दर्भलाई पनि राख्ने गरेका छन्।

शून्य समयमा बोल्नका लागि नाम टिपाएका प्रत्येक सांसदका लागि एक मिनेट समय छुट्याइने गरिएको छ। विशेष समयमा दलीय आधारमा समय छुट्याइन्छ।

संसद्‌मा विषय प्रवेश गर्ने विभिन्न बाटामध्ये एउटा हो, शून्य समय।

'विषय प्रवेशका लागि सार्वजनिक महत्त्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण, प्रश्नोत्तर तथा विशेष र शून्य समय हुन्छ। इमर्जेन्सी नै पर्‍यो भने ढ्यापढ्यापे समय पनि हुने गरेको छ,' नेकपाका सांसद विरोध खतिवडा भन्छन्, 'अन्य समयमा एकै विषयमा बहस र छलफल हुन्छ। तर, शून्य समयमा सांसदहरुलाई लागेका जुनसुकै विषय पनि बोल्न सक्छन्।'

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्रीले ५ दिनभित्र जवाफ दिनुपर्ने नियमावलीको व्यवस्था कार्यान्वयन भएको गुनासो गर्नेमध्ये पर्छन्, खतिवडा। गत जेठ २३ गते शून्य समयमा बोल्दै उनले भनेका थिए, 'संसदको शून्य समयको आसय वा मनसाय संसद्‌को आवाज सरकारले 'सुन्ने समय' हो। तर गल्तीवश नियमावलीमा 'शून्य समय' भएछ। शून्यमै यो हराएजस्तो लाग्यो।'

बम र खतिवडाका अतिरिक्त कृष्णकुमार श्रेष्ठ, मोहन बानियाँ, सुरेशचन्द्र दास तथा गगन थापा लगायतले पनि विभिन्न समयमा यो विषय उठाएका छन्।

'बोलियो मात्रै, कार्यान्वयन हुँदैन'
संसद्‌सम्म पुगेका धेरै नयाँ अनुहारले आफूले बोल्ने विषयमा निकै मेहनत गरेको देखिन्छ। त्यसको एउटै ध्येय आफूले बोलेको कुरा प्रभावी होओस् भन्ने रहेको कतिपय सांसद बताउँछन्। तर, समय बित्दै जाँदा त्यो उत्साहमा कमी आउन थालेकोमा उनीहरुको चिन्ता देखिन्छ।

पुराना सांसदहरुमा पनि शून्य र विशेष समयमा उठाएका कुरा लागू हुँदैन भन्ने भाव विकास हुँदै गएको बताउँछन्, सांसद गगन थापा। तीनपटक सांसद भइसकेका तथा शून्य र विशेष समयलाई निकै उपभोग गर्ने मध्येका एक थापाले आफू त आजित भइसकेको बताए।

'मैले राष्ट्रिय निकुञ्जको ऐनभन्दा विपरीत गएर सरकारले नियमावली बनाएर किन लाङटाङ र रारामा केबलकार र रिसोर्ट बनाउन लागेको भनेर आपत्ति प्रकट गरेँ। किताबमा लगाएको करको विषयमा कुरा उठाएँ। बुढीगण्डकी बिना प्रतिस्पर्धा गेजुवालाई दिएको विषयमा कुरा उठाएँ,' उनले भने, 'जवाफ कसैले दिनुपरेन।'

ठूला नेताले शून्य र विशेष समयमा खासै नबोल्नु कार्यान्वयन हुँदैन भन्ने बुझाइकै कारण हुन सक्ने उनी बताउँछन्।

सांसद बम पनि संसद्‍मा बोलेको कुरा लागू हुँदैन भन्नेमा आफू लगभग स्पष्ट भइसकेको बताउँछन्। अहिलेसम्म सांसदले बोलेका कुरा १० प्रतिशत कार्यान्वयन भए पनि ९० प्रतिशत कार्यान्वयन नभएको दाबी छ, उनको। 'ठूला नेताहरुले बोलेका कुरा कार्यान्वयन भए होलान्, अरुको कार्यान्वयन हुँदैन,' उनी भन्छन्, 'संसद‌्‌मा बोल्नुभन्दा आफ्नो माग पूरा गराउन कार्यालय, फाँट र शाखातिर धाइयो भने बरु छिटो कार्यान्वयन हुन्छ। संसदमा बोलिहालेँ भइहाल्यो भनेर बस्यो भने त कहिल्यै पनि कार्यान्वयन हुँदैन।'

तर, बोलेका सबै कुरा लागू हुनुपर्ने बाध्यता भने नभएको बताउँछन्, खतिवडा।

'संसदमा उठेका सबै विषयको जवाफ दिनुपर्छ भन्ने मलाई लाग्दैन। तर, फिल्टर गरेर गम्भीर विषयको जवाफ दिनुपर्छ। ५० जना सांसदले बोलेका मध्ये ५/७ जनाले बोलेको कुरा त गम्भीर हुन्छ नि,' उनी भन्छन्, 'राष्ट्रका विषय, परराष्ट्रका विषय तथा रक्षाका विषय उठेका हुन्छन्। त्यस्ता विषयमा उत्तर दिनुपर्छ।'

सांसदहरुका अनुसार, संसद्‌मा उठेका विषय र त्यसका जवाफ केबल त्यहीँ सीमित हुने विषय होइन, सांसदको मुख टाल्ने विषय मात्रै पनि होइन। त्यसले आम जनतालाई पनि त्यस्ता विषयमा प्रस्ट बनाउन भूमिका खेल्छ। आम जानकारीमा पुग्छ। जनता र सरकारबीचमा संसद्‌ले पुलको काम गरिरहेको हुन्छ। तर, यसलाई बेवास्ता गर्ने शैलीले पुल भत्किएसरह भएको उनीहरुको बुझाइ छ।

व्यवस्था र विश्वसनीयतामा प्रश्न
राष्ट्रिय राजनीतिमा खासै प्रभावशाली भइनसकेका र सञ्चारमाध्यमले पनि धेरै महत्त्व नदिएका सांसदहरुका लागि शून्य समयको झन् बढी महत्त्व छ। उनीहरुले आफ्ना जिल्ला र निर्वाचन क्षेत्रको समस्याबारे सरकारलाई अवगत गराउने प्रक्रियागत ठाउँ र समय हो, संसद् र शून्य समय।

संसद्‌मा उठाएको विषयलाई गम्भीर रुपमा नलिँदा त्यसले संसद् र सांसद तथा समग्र व्यवस्थाकै विश्वसनीयतामा प्रश्न उठिरहेको छ। 'संसद्‌मा बोलेको कुराको कार्यान्वयन भएन भने सिंगो संसद्प्रति नै अविश्वास पैदा हुन्छ। यो बोल्ने ठाउँ मात्रै रहेछ, लागू नहुने, खोजी नहुने ठाउँ रहेछ भन्ने भाव विकास हुन्छ। मतदातामा पनि सांसदले सकेन, जिल्लाको प्रतिनिधित्व गरेन भन्ने बुझाइ विकास हुन्छ,' बमले भने।

तर, यस्ता अपेक्षा अपेक्षामै सीमित भइरहेका छन्।

यस्तो प्रवृत्तिले केही असरहरु निम्त्याउन सक्छन्। संसद्प्रति सदैव जवाफदेही हुनुपर्ने सरकार जवाफदेही नहुने प्रवृत्तिलाई बढवा दिन्छ। जवाफबाट भाग्ने चरित्र विकास हुँदै जान्छ। जनताले जनप्रतिनिधिमार्फत संसद्‌मा पुर्‍याएको आफ्नो आवाजको सुनुवाइ नभएपछि त्यसले पद्धति अन्तर्गतका 'चेन' भत्काउँछ। 

सांसदले उठाएका विषयलाई नियमावली अनुसार लागू गराउने हो भने त्यसले त्यहाँभित्रको बहसलाई नै अर्को चरणमा पुर्‍याउन सक्ने बताउँछन्, थापा। त्यसले संसदमा बोल्ने कुरामा गम्भीरता थप्ने र बोल्नुअघि तयारी र अध्ययनको आवश्यकता बोध गराउने उनको बुझाइ छ।

सभामुखबाट अपेक्षा
यसअघिका संसद्का शून्य र विशेष समयमा बोलिएका कुरालाई कसैले गम्भीरतापूर्वक नलिएका कारण यसपटकको नियमावलीमा विशेष व्यवस्था गरिएको थियो।

'शून्य र विशेष समयमा हामीले बोलेका कुरा शून्यमा नै हराउने गरेकोले गर्दा सदन सञ्चालनको नियममा यसपटक हामीले विशेष व्यवस्था गर्दै लेख्यौं– 'शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई जानकारी गराउनुपर्नेछ।' तर यहाँ हामीले कुनै जानकारी पाएका छैनौं। यो नियमको कार्यान्वयन किन नभएको? हामीले गराउन नचाहेको हो वा सरकारले हामीलाई नटेरेको हो,' गत साउन २६ गतेको बैठकमा थापाले भनेका थिए।

तर, सरकारको बेवास्ता र सभामुखको क्षमता अभावका कारण नियमावलीको कार्यान्वयन हुन सकेको छैन। परिणामतः सरकारलाई गम्भीर बनाउने अपेक्षा अपेक्षामै सीमित भइरहेको छ।

यस्तोमा सभामुखले समन्वय गराउनुपर्ने बताउँछन्, पूर्वसभामुख तारानाथ रानाभाट। 'जवाफचाहिँ दिनैपर्छ। टार्न मिल्दैन', उनी भन्छन्, 'संसदमा उठेको प्रश्नको जवाफ संसदमै दिनुपर्छ। त्यो आफ्ना जनप्रतिनिधिमार्फत जनताले सोधेको प्रश्न हो। जिम्मेवारीमा बसेको मन्त्रीले जवाफ दिनुभनेको संसद र जनताप्रति उत्तरदायी छु भन्नका लागि हो।'

कहिलेकाहीँ लिखित जवाफ दिन पनि सकिने रानाभाट बताउँछन्। 'तर सधैं लिखित पठाएर टार्छु भन्न पाइँदैन,' उनले भने।

तर, सांसदहरुले विषय उठाइरहने तर सरकारले बेवास्ता गरिरहने हो भने सभामुखले आफ्नो भूमिकालाई सशक्त बनाउनु अपेक्षित हुन्छ। त्यसका लागि उनले सरकार र पार्टीका मान्छेहरुसँग औपचारिक र अनौपचारिक छलफल गर्न सक्ने सांसदहरु तथा पूर्वसभामुख रानाभाट बताउँछन्।

अर्को माध्यम भनेको रुलिङ गर्ने हो।

'अहिले सभामुखले रुलिङ गरेर सरकारलाई जवाफ दिनैपर्ने भनेर आदेश मात्रै गरिराख्नुभयो भने त्यसले सकारात्मक नतिजा दिन थाल्छ,' थापा भन्छन्।

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि... शुक्रबार, असार २६, २०८३
संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । शुक्रबार, असार २६, २०८३
ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तार... शुक्रबार, असार २६, २०८३
ताजा समाचारसबै
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध शनिबार, असार २७, २०८३
काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्