• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जागिरको विज्ञापन गर्दै बेरोजगार युवा ठग्ने धन्दा

64x64
नेपाल लाइभ बुधबार, जेठ २३, २०७५  ००:३०
1140x725

काठमाडौं– बेरोजगार युवा कतै काममा अल्झिहाल्ने ध्याउन्नमा जागिरको खोजीमा भौंतारिरहेका हुन्छन्। यस क्रममा धेरै युवा दैनिक पत्रपत्रिका र इन्टरनेटमा प्रकाशित विज्ञापनहरुमा ‘चाहियो’ वा ‘आवश्यकता’ शीर्षक देख्नासाथै ध्यानमग्न बनिहाल्छन्। 

पछिल्लो समय काठमाडौंसहितका मुख्य शहरमा बेरोजगार युवालाई लक्षित गर्दै ‘जब सेन्टर’ हरु खुल्ने क्रम बढेको छ्। फरक–फरक शैलीका विज्ञापन र पर्चा मार्फत बेरोजगारलाई प्रलोभनमा पार्ने तिनै रोजगारी केन्द्रले युवाहरुलाई ठग्ने प्रवृत्ति पछिल्लो समय मौलाएको छ।

‘तु. कर्मचारी आवश्यकता’, ‘बिनाअन्तर्वार्ता जबको ग्यारेन्टी’ जस्ता आकर्षक आह्वानसहितका पर्चा शहरका भित्तामा टाँस्नेदेखि सडकपेटीमा पैदलयात्रुलाई बाँड्नेसम्मका काममा त्यस्ता कम्पनीलाई भ्याइनभ्याई भइरहेको हुन्छ। अझ जागिर भरपर्दो देखाउने जुक्ति के रचिन्छ भने, त्यस्ता पर्चामा कामको प्रकार, आवश्यक कामदार संख्याका साथै तलब सुविधा पनि तोकिएको हुन्छ। पार्टटाइम, फुलटाइम तथा घरैमा बसीबसी २० हजारदेखि ५० हजारसम्म सजिलै कमाउन सकिने भनेपछि बेरोजगारहरु लोभिएर उनीहरुको सम्पर्कमा पुग्दा कुन बेला ठगिइसक्छन्, पत्तै हुँदैन।

रोजगारी दिने भनेर खोलिएका त्यस्ता रोजगारी केन्द्र खासमा बेरोजगारकै कारण मालामाल भइरहेका हुन्छन्। सडकका भित्ता र बिजुलीका पोलमा टाँसिने जागिरका विज्ञापन नपत्याउँदो रुपमा ठगी धन्दाको कारखाना बनिरहेका छन्।

यस्तै पर्चा र विज्ञापनका आधारमा जागिरको खोजीमा भौंतारिरहेका शंकरदेव क्याम्पसमा एमबिएस अध्ययरत सुनसरीका महेन्द्र साह धेरैतिर गए पनि काम भने नपाएको बताउँछन्। पर्चामा उल्लेख गरिएको फोन नम्बरबाट जानकारी लिएर उनी पुरानो बानेश्वरस्थित एक ‘जब सेन्टर’मा जागिरको आसमा पुगे। तर, उनी गएको केहीबेरमै ठगिइसकेका थिए।

‘जब सेन्टर पुग्दा रिसेप्सनमा बसेकी एक युवतीले एउटा आवेदन भर्न लगाइन् र ३ सय रुपैयाँको रसिद काटेर पैसा लिइन्’, उनले सुनाए, ‘केही समयपछि यहाँबाट फोन आउँछ भन्ने आश्वासन लिएर फर्किए।’  

केही दिनपछि रोजगारी केन्द्रबाट फोन त आयो, तर पर्चामा भने जस्तो नभई अर्कै काम भएको र तल सुविधा पनि कम रहेको प्रस्ताव आयो। त्यसपछि जागिरका नाममा आफैं ठगिएको भन्ने महसुस भएको साहको भनाइ छ। 

आरआर क्यापसबाट बिए तेस्रो वर्षको परीक्षा दिएर कामको खोजीमा रहेका राजु गौतम पनि सडकमै बाँडिएको पर्चा हेरेर तीनकुनेस्थित ‘जब सेन्टर’ पुगे। उनीसँगै अरु ७ जना साथी पनि जागिरका लागि सँगै गएका थिए। सबैले जागिरको आवेदन भर्दै ५/५ सयका दरले रकम बुझाए।  

nimb
nimb
Ncell 2
Ncell 2

केही दिनपछि गौतमलाई साहलाई जस्तै फोन आयो, आवेदनमा भरेकोभन्दा फरक काम र न्यून तलब। 

‘पहिले बताइएभन्दा बेग्लै काम र तलब छ भनेपछि कामदारको आवश्यकताबिनै विज्ञापन गरिएको रहेछ भनेर थाहा भइहाल्यो’, उनले भने। 

धरान स्थायी घर भएकी सुनिता सुनुवारले पनि दैनिक पत्रपत्रिकामा रोजगारीको विज्ञापन हेरेर जागिर पाइने आसमा धेरै ठाउँ चहारिन्। तर, नतिजा रोजगारी केन्द्रको भागमा मात्रै परेको सुनुवार बताउँछिन्। 

‘अर्थात् जागिरको लागि आवेदन भर्न लगाएर पैसा लुट्ने काम मात्र भयो’, ठगिनुपर्दाको पीडा सुनाइन्, ‘उनीहरुले त रोजगारी खोज्न गएका युवासँग उल्टै पैसा असुलेर ठगीको व्यापार गर्दा रहेछन्।’   

यसरी जागिरको खोजीमा रहेका साह, गौतम र सुनुवार जस्ता सयौं युवा दैनिक ठगिने गरेका छन्। सानो रकम ठगिने भएकाले उनीहरु उजुरी लिएर प्रहरीमा पुग्दैनन्। फलस्वरुप ठगी गर्नेहरुको मनोबल कायम रहेर यस्तो कार्यले निरन्तरता पाइरहेको देखिन्छ।

विज्ञापन हेरेर जागिरका लागि धाउने प्रत्येक युवालाई आवेदन भर्न लगाएर रोजगारी केन्द्रहरुले पैसा असुल्ने गरेका छन्। उनीहरुले बेरोजगार युवालाई ठगी खाने माध्यम बनाउँदै २ देखि ५ सयसम्म उठाएर कार्यालय चलाउँछन्। यति रकम धेरै व्यक्तिबाट उठाउँदा रोजगारी केन्द्रले मनग्गे जम्मा पार्ने गरेका छन्।

रोजगारीको आसमा जाने युवामाथि दैनिक खुलेआम ठगी भइरहे पनि यसप्रति कसैको ध्यान पुगेको छैन। 

उपत्यकाभित्रै दैनिक ठगिन्छन् २ सयभन्दा बढी युवा 

पत्रपत्रिकामा छापिएका, शहरका भित्ता र पोलमा टाँसिएका तथा बाटोमा बाँडिने विज्ञापन र पर्चाका आधारमा दैनिक २ सयभन्दा बढी युवा रोजगारी केन्द्रमा पुग्ने गरेका छन्। जागिर दिने पक्का ग्यारेन्टी भन्दै खुलेका यस्ता रोजगारी केन्द्र काठमाडौं उपत्यकाभित्र मात्रै करिब २ सयको संख्यामा छन्। एउटा कार्यालयमा अनुमानित रुपमा दैनिक करिब १० देखि १५ युवा पुग्ने गरेका छन्। 

उनीहरुले आवेदन भरेको २ सयदेखि ५ सय र तालिमको नाममा न्यूनतम ३ हजार रुपैयाँ लिएर ठगिरहेका हुन्छन्। काम खोज्न गएका दक्ष युवालाई पनि तालिमपछि जागिरको ग्यारेन्टी भनेर उनीहरुले अलमलमा पार्ने गरेका छन्। 

जब सेन्टरमा काम खोज्न गएका युवाको सरदर संख्यालाई आधार मान्ने हो भने दैनिक यसरी हजारौं रुपैयाँ ठगी भइरहेको छ। 

प्रहरी भन्छ– उजुरी नै आउँदैन  

जागिर पाउने आसमा ठगिएका पीडितहरुको उजुरी प्रहरीसम्म पुग्दैन। जागिरको नाममा ठगिएको भनेर हालसम्म कसैले उजुरी नगरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

‘सानो रकम भएकाले पनि प्रहरीसम्म उजुरी लिएर पीडित नआएको हुनसक्छ’, परिसरका प्रवक्ता मोहन प्रसाद थापाले बताए। यो विषयमा प्रहरीले अनुसन्धान गर्ने उनको भनाइ छ। 

यस्ता घटनाको उजुरी प्रहरीसम्म नपुग्दा ठगी गर्नेहरुको मनोबल थप बढेर अझै धेरै युवा पीडित हुने अवस्था देखिन्छ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेताको ढोका चहार्नुपर्दैन, आर्थिक अपराधमा थुनेर आतंकित बनाउँदैनौं :रवि लामिछाने
क्रान्तिका लक्ष्य अझै अपूरा रहेको ‘प्रचण्डको भनाइ, वाम शक्तिलाई एकताबद्ध हुन आग्रह
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेताको ढोका चहार्नुपर्दैन, आर्थिक अपराधमा थुनेर आतंकित बनाउँदैनौं :रवि लामिछाने आइतबार, वैशाख २०, २०८३
क्रान्तिका लक्ष्य अझै अपूरा रहेको ‘प्रचण्डको भनाइ, वाम शक्तिलाई एकताबद्ध हुन आग्रह आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्