काठमाडौं–दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज फिल्म सुटिङका क्रममा घाइते भएका छन्।
अभिनेता राज चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा घाइते भएका भारतीय अनलाइन नवभारत टाइम्सको समाचारमा उल्लेख गरिएको छ।
समाचारमा जनाइए अनुसार प्रकाश राजको हात भाँचिएको छ। उनले यसबारे सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्। ‘म लडेँ। मेरो शरीरमा एउटा सानो फ्याक्चर भएको छ। सर्जरीका लागि म आफ्नो डा. गुरुवरेड्डी साथीसँग हैदराबाद जाँदैछु। म चाँडै ठिक हुन्छु । मेरो बारेमा चिन्ता लिनुपर्ने कुनै कारण छैन’, राजले लेखेका छन्।
त्यसपछि गरिएको अर्को पोस्टमा उनले आफ्नो अप्रेसन सफल भएको उल्लेख गर्दै फोटो पोस्ट गरेका छन्।
दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रकाश राजले धेरै बलिउड फिल्म खेलेका छन्। उनी खलनायकको भूमिकामा पनि रुचाइएका कलाकार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।