काठमाडौं- नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौंलगायत देशभरका शोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ।
एमएडब्लुले बुधबार सञ्चारकर्मी समीरमणि दीक्षित, टुटलका सीईओ शिक्षित भट्ट, अभिनेता अनुपविक्रम शाही र भ्लगर सिसन बानियाँलाई नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो।
'दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई नेपाली अटोबजारले सहर्ष स्वीकारिसकेको छ। एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वर्ल्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सुरुआती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा शोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ।
‘स्कोडा कुशाकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौं। आजको मितिसम्म हामीसँग १५३ भन्दा बढी बुकिङ छन्। आजचाहिँ हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशाक डेलिभरी दिएका छौं,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकमा विश्वमै लोकप्रिय टीएसआई प्रविधिको इन्जिन छ, जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो। टीएसआई अवार्ड हासिल गर्न सफल पछिल्लो प्रविधिमा आधारित इन्जिन हो।’
एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक केन्द्रित न्यूनतम ब्याजदर योजनासमेत सार्वजनिक गरेको छ। ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि स्कोडा कुशाक खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।