काठमाडौं- भारतीय टेलिभिजन शो 'गुम है किसी के प्यार मे' फेम ऐक्ट्रेस यामिनी मल्होत्राका लागि मंगलबारको रात कुनै डराउने सपना जस्तो रह्यो। एक दुर्घटनामा उनी सुरक्षित हुन सकिनन्।
अभिनेत्रीले कुदाइरहेको कारमा एक्कासी आगलागी भयो। आगो यति ठूलो थियो की हेर्दाहेर्दै उनको कार पूर्णरुपमा जल्यो।
तर यामिनी भने कारमा ठूलो आगो लाग्न थालेसँगै बल्लतल्त बाहिर निस्किएका कारण बचेकी भारतीय अनलाइन नवभारत टाइम्सले जनाएको छ।
यामिनी मल्होत्राले भनिन्, 'म अरु दिनमा जस्तै मंगलबार राति ड्राइभका लागि निस्किएँ। जुहूपछि लोखन्डवाला गइरहेकी थिएँ। मैले केही रमाइला भिडियो इंस्टाग्राममा पनि सेयर गरेको छु। तर, कार चलाइरहेको बेला कारको बोनटबाट धुवा उडिरहेको देखेँ। के भएछ भनेर मैले खोज्नु अघि नै आगो बल्न थाल्यो। यो घटना यति चाँडोचाँडो भयो कि म हैरान भएँ।'
अभिनेत्री मल्होत्राका अनुसार केही व्यक्ति उनको सहयोगका लागि घटनास्थलमा आए। प्रहरी र दमकललाई फोन गरेर बोलाइयो। तर, जबसम्म अग्नी नियन्त्रणका मानिस पुगे त्यति बेलासम्म कार जलिसकेको थियो। यामिनीले भनिन्, 'मैले कार बचाउनका लागि केही गर्न सकिन। तर मैले सोचिरहेको छु, यदी म गाडीभित्र लक भएको भए के हुन्थ्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।