सुर्खेत– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सम्पत्ति विवरण अनुसार भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री सबैभन्दा धनी देखिएका छन्। उनीसँग ठूलो परिमाणमा सुनका साथै जग्गा रहेको देखिएको छ।
सबैभन्दा कम सम्पत्ति भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको छ। उनको नाममा रुकुममा ४५ वर्गमिटरमा रहेको एउटा घर तथा रुकुम र दाङमा गरी २ हजार ८ सय ५ वर्गमिटर जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्।
यस्तो छ मन्त्रीहरुको सम्पत्ति विवरण:
१) महेन्द्रबहादुर शाही (मुख्यमन्त्री)
घर : कालिकोटमा बुवा धनबहादुर शाहीको नाममा ५ रोपनीमा रहेको घर। अंशबन्डा नभएको।
जग्गा : कालिकोटमा बुवाको नाममा रहेको २५ हजार वर्गमिटर, अंशबन्डा नभएको। कैलालीको टीकापुरमा श्रीमती चन्द्राकुमारी शाहीको नाममा २ लाख ३५ हजार बराबरको जग्गा खरिद गरिएको।
सुन : ६ तोला (पुर्ख्यौली)
चाँदी : २ सय तोला (पुर्ख्यौली)
नगद :
एभरेष्ट बैंकमा : २ लाख (तलब)
वाणिज्य बैंकमा : ५ लाख (तलबभत्ता)
सेयर:
कृषि सहकारी संस्थामा : १० हजार
सुर्जा मल्टी प्रपोज प्रालि (अध्यक्ष) : १० लाख
सवारी साधन : मारुती कार एउटा।
ऋण : कुखुरापालनका लागि एक लाख।
२) प्रकाश ज्वाला (आर्थिक मामिला तथा योजनामन्त्री)
घर : काठमाडौंमा आफ्नै नाममा, सल्यानमा भाइको र बर्दियामा आमाको नाममा रहेको।
जग्गा : काठमाडौं महानगरपालिका–१६ र सल्यान शारदा नगरपालिका, दाङको तुलसीपुर र घोराहीमा आफ्नै नाममा जग्गा रहेको छ भने बर्दियाको बाँसगढीमा आमाको नाममा ४ ठाउँमा, भाइ बलबहादुर साहुको नाममा बर्दिया र सल्यान गरी दुई ठाउँमा र भतिज सन्तोष बिसीको नाममा घोराहीमा जग्गा रहेको।
नगद : १५ लाख (पारिश्रमिक)
सुन : ३ तोला
चाँदी : १० तोला
बैंकमा नगद : एभरेष्ट बैंक, कृषि विकास बैंक र राष्टिय वाणिज्य बैंकमा गरी १६ लाख ६० हजार।
सेयर : विभिन्न वित्तीय संस्थामा आफ्नो र दुई छोराको नाममा ५० लाख ६५ हजार बराबरको सेयर लगानी।
ऋण : कृषि विकास बैंक र ज्योति विकास बैंकबाट आफ्नो र भाइको नाममा ३७ लाख ५० हजार ऋण लिएको।
सवारी साधन : खेतीका लागि पाँच लाख रुपैयाँको एउटा ट्याक्टर।
पशु : २ भैंसी, २ गोरु, ४ बाख्रा।
२ थान टेलिफोन, २ थान ल्यापटप र ६ थान मोबाइल
३) नरेश भण्डारी (आन्तरिक मामिला तथा कानुनमन्त्री)
घरजग्गा : बाबुको नाममा रहेको ७६ हजार वर्गमिटर पैतृक सम्पत्ति ६ जना सन्तालाई अंशबन्डा।
सुन : १५ तोला (पैतृक सम्पत्ति)
चाँदी : १० तोला
बैंकमा नगद : एभरेष्ट बैंकमा एक लाख मौज्दात।
सवारी साधन : एउटा मोटरसाइकल।
मोबाइल : २ थान
४) दल रावल (सामाजिक विकासमन्त्री)
घर : श्रीमती अनिता केसीको नाममा बाँके र हुम्लामा दुई वटा। हुम्लामा बुवाको नाममा २ वटा।
जग्गा : सुर्खेतमा २५ लाखको जग्गा आफ्नै नाममा र हुम्लामा बुवाको नाममा ५० लाखको पुर्ख्यौली जग्गा।
सुन : ५५ तोला (विवाहको बेला प्राप्तसहित १० लाख बराबरको खरिद)
चाँदी : १ सय ५० तोला।
बैंकमा नगद : एक लाख ५३ हजार आफ्नो खातामा, श्रीमतीको खातामा २५ लाख ६५ हजार मौज्दात।
५) विमला केसी (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री)
घर : रुकुममा ४५ वर्गमिटिरमा रहेको एउटा घर (पैतृक)
जग्गा : रुकुम र दाङमा गरेर २ हजार ८ सय ५ वर्गमिटर जमिन।
सेयर : पिपुल्स इनर्जी कम्पनीमा रहेको १५ लाख बराबरको। विभिन्न व्यवसाय तथा बौद्धिक श्रममार्फत प्राप्त।
६) नन्दसिंह बुढा (उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री)
घर : डोल्पामा करिब २ रोपनी जग्गामा चार वटा घर।
जग्गा : डोल्पामा आफ्नो र बुवाको नाममा पुर्ख्यौली जग्गा।
सुन : १५ तोला (व्यापार–व्यवसायबाट)
चाँदी : एक किलो।
गाई, घोडा, भेडा र बाख्रा : २५ थान (पुर्ख्यौली)
७) खड्कबहादुर खत्री (भौतिक पूर्वाधार विकासमन्त्री)
घर : छैन
जग्गा : सुर्खेत, कैलाली, बाँके, काठमाडौं र भक्तपुरमा।
सुन : २१ तोला (दाइजो)
चाँदी : १ किलो (दाइजो)
बैंकमा नगद : आफ्नो खातामा ४५ लाख (निर्माण व्यवसायबाट र जग्गा बिक्रीबाट)
श्रीमती पुष्पा खत्रीको खातामा ३ लाख (तलबबाट)
सेयर : आफ्नो नाममा ११ करोड ८६ लाख ७१ हजार बराबरको, केबी एन्ड हिमाल ग्रुपको नाममा ९ करोड ५० लाख ५३ हजार बराबरको।
ऋण : आफ्नो र आफ्नो नाममा रहेका कम्पनीको नाममा विभिन्न वित्तिय संस्थाहरुबाट लिएको एक करोड ७४ लाख ऋण तिर्न बाँकी।
सवारी साधन : जिप ३, मोटरसाइकल ३, स्काभेटर ५, टिप्पर ८, ट्रक २, लोडर ३, स्कुटर १ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।