काठमाडौं– नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी एकताका लागि ८ बुँदे अपिल जारी गरेका छन्।
विभाजनको संघारमा पुगेको पार्टीलाई फुटबाट जोगाउन भन्दै उनले सामाजिक सञ्जालमार्फत अपिल जारी गरेका हुन्।
विभाजनकारीहरूको सक्रियताका कारण पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै आचार्यले देशविदेशमा रहेका नेपालीसमक्ष बुधबार पार्टी बचाइदिन हारगुहारसमेत गरेका छन्।
पार्टी एकताका लागि विना जालझेल, छलछाम र हिचकिचाहट रुपमा १० बुँदेलाई लागु गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।