काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा एमसीसी पेश गर्न आग्रह गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले समर्थनमा टाउको हल्लाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा ओलीले एमसीसीको प्रस्ताव संसद्कै टेबुलमा रहेकाले पेश गर्न आग्रह गरेका थिए। देउवाप्रति हेर्दै ओलीले संसद्मा एमसीसी पेश गर्न आग्रह गरेका थिए।
ओलीको बोलीमा समर्थन जनाउँदै देउवाले पेश गर्ने आशयको टाउनको हल्लाएका थिए। ओलीले भने, ‘एससीसी यहीं छ। एमसीसी पेश गर्न भन्नुस्। आफैसँग १६५ छ। निणयार्थ प्रस्तुत गर्दछु भनेपछि सबै १६५ जनाको दुबै हातले डमडम बज्छन्।’
नागरिकता विधेयक पनि यसै अधिवेशनमा पेश गर्न उनले आग्रह गरे। ‘यहाँ पेश गर्नुस् भनेपछि तपाईंले अधिवेशन बन्द गरिदिन बेर छैन। अधिवेशन बन्द नगर्नुस्। विधेयकहरु पास गर्नुस्।’ नागरिकता विधेयक सरकारले टेबल गर्न नसक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।