काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दण्डहीनता अन्त्य गर्ने भनिरहेको गठबन्धनको सरकारलाई गौर हत्याकाण्डको छानविन गर्न चुनौती दिएका छन्। आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले उक्त चुनौती दिएका हुन्।
उक्त हत्याकान्डमा निर्दोष र निहत्था मारिएको बताउँदै उनले भने, 'दण्डहीनताको अन्त्य गर्छु भन्नुभएको छ। गौर हत्याकान्डको छानविन गर्नुहोस्। घाइतेको अवस्था के छ? पीडितका परिवारको अवस्था के छ?'
उक्त हत्याकान्ड छानविन गर्दा गठबन्धन धरापमा पर्नेतर्फ पनि उनले इंगित गरे। 'गौर हत्याकाण्डको को हो आयोजक? कसले गरायो? छानविन गठबन्धन धरापमा पर्ने हो कि?,’ उनले भने।
गौर घटनामा २७ जनाको हत्या भएको थियो। तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरम (दुवै पार्टीका मुख्य नेतृत्व अहिले क्रमशः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीमा छन्)का कार्यकर्ताबीच एउटै स्थानमा कार्यक्रम गर्ने हठले सो घटना निम्त्याएको थियो। जहाँ माओवादीका २७ जनाको हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।