काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले एमसीसीका विषयमा जिज्ञासा राखेका हुन्। यसअघि ओलीले सोमबार एमालेको केन्द्रीय कमिटी बैठकमा संशाेधनसहित एमसीसी पारित गर्नुपर्ने धारणा राखेका थिए।
दोस्रोपटक पुनर्स्थापित प्रतिनिधि सभामा पहिलोपटक सम्बोधन गर्दै ओलीले सरकारले पूर्णता पाउन नसकेकोप्रति कटाक्ष समेत गरे।
प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको एक महिना पुग्नलाग्दा समेत मन्त्रिमण्डलले पूर्णता नपाएकोप्रति उनले व्यङ्ग्य गर्दै भने, ‘भोटोको फेर समातेर नाच्दानाच्दै जाने भो तपाईंहरुको समय।’
स्वार्थको गठजोडबाट राष्ट्रको अपेक्षा पूरा नहुने ओलीको जिकिर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।