काठमाडौं- प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सरकारले पूर्णता पाउन नसकेकोप्रति संसद्मा कटाक्ष गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको एक महिना पुग्नलाग्दा समेत मन्त्रिमण्डलले पूर्णता नपाएकोप्रति उनले व्यङ्ग्य गर्दै भने, ‘भोटोको फेर समातेर नाच्दानाच्दै जाने भो तपाईंहरुको समय।’
शुभकामना/बधाईको लहर र प्रतिपक्षलाई गाली गर्ने कार्यले सत्तारूढ दलको अबको १४/१५ महिना सकिने उनको कटाक्ष थियो।
‘एक महिनाको अवधि त खेर गयो। बहुत राम्रो गठजोड छ तपाईंहरुको। सरकार त पूरा हुन सकेन’, ओलीले भने, ‘चार जना मन्त्री लिएर हिँड्नुभएको छ। धेरै मन्त्रालय आफैसँग राख्नुभएको छ। दिनभरी घुमेर पनि भ्याउनुहुन्न होला।’
स्वार्थको गठजोडबाट राष्ट्रको अपेक्षा पूरा नहुने ओलीको जिकिर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।