काठमाडौं- प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री रहेको समयमा भएका नियुक्ति पारदर्शी भएको भन्दै पूर्ववर्ती सरकारको बचाउ गरेका छन्।
प्रतिनिधी सभाको बैठकमा समय लिएर बोल्ने क्रममा उनले भने,‘उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको स्वच्छ र पारदर्शी तरिकाले प्रतिस्पर्धात्मक विधिबाट स्थान दिएको थिएँ। नातावाद र कृपावादको छायासम्म पर्न नदिने मेरा नीति रहे।’
आफ्ना सही निर्णय सत्तामा रहेकै कतिपयलाई मन नपरेको उनको तर्क थियो। आफूले लिएको नीतिले सत्तामा रहेकै कतिपयलाई धक्का पुगेको उनले बताए। गलत कुराको संरक्षण गर्ने नीति नभएकै कारणले आफ्नो निर्णयले ‘केही साथीहरुलाई तुषारापात’ भएको ओलीको टिप्पणी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।