काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। त्यस्तै आजको बैठकमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
आफ्नो सम्बोधनमा ओलीले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममाथि टिप्पणी र सरकारका गतिविधिका विषयमा पार्टीका भनाइहरु राख्ने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।