काठमाडौं- प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभाको मंगलबारको बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि तोकिएको छ।
आफ्नो सम्बोधनमा ओलीले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममाथि टिप्पणी र सरकारका गतिविधिका विषयमा पार्टीका भनाइहरु राख्ने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।
ओलीले सोमबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा नीति तथा कार्यक्रमको आलोचना गरेका थिए। सरकारलाई पनि उनले परमादेशबाट बनेको भन्दै आएका छन्।
प्रधानमन्त्रीबाट बाहिरिएपछि प्रतिनिधि सभालाई यो उनको पहिलो सम्बोधन हुनेछ। आफूलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिनुअघि वैशाख २७ गते उनले सम्बोधन गरेका थिए। तर, जेठ ७ गते राति नै प्रतिनिधि सभा विघटन गरिदिएका थिए।
पुनःस्थापित संसद्को बैठक साउन ३ गतेदेखि सुरु भएको छ। सोहीदिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। मतदानमा भाग लिन पुगेका भए पनि उनले सम्बोधन गरेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।