काठमाडौं- नेकपा (एमाले)को विधान संशोधनसहित केन्द्रीय कमिटीबाट पारित भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छलफलमा जुट्ने तयारी गर्दैछ।
नेपाल पक्षले बैठक बसेर आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ। पार्टी एकताका लागि लचक भएको नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले एकतालाई वेवास्ता गर्दै विधान संशोधन गरी अघि बढेपछि झस्किएको छ।
‘हामीले पार्टी एकताका लागि केपी कमरेडलाई पर्खिएका थियौं’ नेपाल लाइभसँग कुरा गर्दै नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले भने, ‘हामी आपसमा भेटेर छलफल र सल्लाह गर्छौं। त्यसपछि धारणा सार्वजनिक गर्छौं।'
ओली पक्षले एकताका लागि धेरै समय नपर्खिने भन्दै आफ्नो गतिविधि अघि बढाएको छ। नेपाल पक्षको परामर्शबिना विधान संशोधनसहित अघि बढेपछि पार्टी एकता संकटमा परेको नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।