काठमाडौं– सरकारले गृह मन्त्रालय र रक्षा मन्त्रालयमा सचिव सरुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई मन्त्रालयका सचिव सरुवा गरेको हो। गृहमा महेश्वर न्याैपानेको ठाउँमा टेकनारायण पाण्डेलाई सरुवा गरिएको छ।
भूमि,व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका उनलाई गृहमा लगिएको हो।
यस्तै, रक्षा सचिवको जिम्मेवारी बेगेन्द्रराज शर्मा पौडेललाई दिएइको छ। उनी यसअघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा थिए।
हाल रक्षा सचिव खाली रहेको थियो।
यसैगरी, प्रदेश १ को प्रमुख सचिव सुमनराज अर्यालको पनि सरुवा भएको छ। उनलाई महालेखा नियन्त्रकको कार्यालय सरुवा गरिएको हो।
यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई सरुवा गरी भूमि व्यवस्था मन्त्रालयमा ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।