काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको भावना अनुसार संशोधनसहित एमसीसी पास हुनुपर्ने बताएका छन्। सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले एमसीसीको विषयमा आफू स्पष्ट भएको बताए।
'हामी त स्पष्ट छौं। हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावना अनुसार संसोधनसहित पास हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो', उनले भने।
संसद्मा पेश भई प्रक्रिया अघि बढ्न नसकेको एमसीसीलाई ओली प्रधानमन्त्री हुँदा पारित गराउन निकै जोड गरेका थिए। त्यतिबेला नेकपामा पनि यो विषय विवादित भएको थियो। त्यतिबेला ओली एमसीसीलाई जस्ताको तस्तै पारित गराउनुपर्ने पक्षमा थिए। पार्टीभित्र विवाद भएपछि कार्यदल गठन गरिएको थियो।
ओलीले एमसीसीको विषयमा बोल्न नसकेको भन्दै गठबन्धनका नेताहरुलाई समेत प्रश्न गरे। 'एमसीसीको बारेमा किन बोल्न नसकेको, तपाईंहरुकै पालामा सम्झौंता गरेको होइन? १६५ को कृतिम मतले विश्वासको मत लिएकै छ त। पास गर्नु नि, किन हामीलाई दोष?', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।