काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्व रहेका बेला गरिएको केही निर्णयलाई वर्तमान सरकारले खारेज गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले धरहरा भत्काउन र रानी पोखरी पुरिदिन समेत चेतावनी दिएका छन्।
सोमबारको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले प्रेम ध्वज प्रधानले गाएको 'पर लैजाऊ फूलहरु, छोपिदेऊ तारा जुन, बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु' शैलीमा भने- 'भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरु। ओली याद आउने सबै चिजहरु।'
उनले अहिलेको सरकारलाई अदालतको परमादेशबाट बनेको सरकार भन्दै सो चेतावनीको भाषा व्यक्त गरेका थिए।
उनले एक महिनासम्म पनि सरकार गठन हुन नसकेकोले बन्दै असन्तुष्टि व्यक्त गरे। 'हिजो आफनो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ। के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ?', उनको प्रश्न थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।