फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूमि आयोग खारेज गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रतिकारको चेतावनी पनि दिएका छन्।
'पुराना सबै नियुक्ति खारेज गर्ने। यसैको उदाहरण हो। हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। सडक र सदनमा ससक्त र प्रभावकारी भूमिका खेल्छौ। सिँगौरी खेल्न आए सिङ भाचिनेछ', केन्द्रीय कमिटीमा सम्बोधन गर्दै उनले चेतावनी दिए।
उनले माधव नेपालहरुको बारेमा आफूलाई केही भन्नु नभएको बताए। 'पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो। देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे', उनले भने, 'साथीहरु माधवजीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहान्नँ। धेरै साथीहरुले कुरा बुझिसके, सबै फर्किनुहुन्छ। छिटोछिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु। तर पार्टी काम रोक्ने गुट र समानान्तर गतिविधि भइरहने अवस्था अन्त्य हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।