काठमाडौं- निर्वाचन आयोगले जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले उपलब्ध गराएको विवरण अध्यावधिक गरेको छ। जसपा विवादमा यादवपक्षले आधिकारिता पाएसँगै ३५ जना कार्यकारिणी सदस्यसहितको विवरण आयोगलाई उपलब्ध गराएको थियो।
'यादवपक्षले उपलब्ध गराएको विवरणलाई हामीले निर्वाचन आयोगमा रहेको जसपाको किताबको अध्यावधिक गराएका छौं,' प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल लाइभसँग भने।
फागुन ११ मा आयोगले 'हेड काउन्ट'मार्फत् बहुमत प्राप्त गरेका यादवपक्षलाई आधिकारिकता दिएको थियो। त्यतिबेला आयोगमा यादवपक्षमा ३४ जनाले सनाखत गरेका थिए। तटस्थ बसेका रेशम चौधरी पछि यादवपक्षतिर खुलेका थिए।
विवरण अद्यावधिकसँगै महन्थपक्ष जसपाको समितिमा नरहने भएका छन्। ठाकुरपक्षमा उनीसहित राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।