काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज (सोमबार) नवलपरासी र बर्दियामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्दै छ।
निर्वाचन आयोगले जसपाको वैधानिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्षले विभिन्न जिल्लामा कार्यकर्ता भेलालाई तिव्र पारेको हो।
विभिन्न जिल्लामा भइरहेको कार्यकर्ता भेलामा विभिन्न केन्द्रीय नेताहरु सहभागी हुँदै आएका छन्।
यसअघि यो समूहले सप्तरी, सिराहा, महोत्तरी, बारा, दाङ, पर्सा, कैलाली लगायत जिल्लामा भेला राखिसकेको छ ।
उक्त पक्षले साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।