काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ। यसअघि आइतबारका लागि बोलाइएको बैठक आज बस्ने गरी सारिएको थियो।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको बिहीबार र शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आइतबारको बैठक रोक्न औपचारिक रुपमै आग्रह गरेको थियो।
एमालेमा भइरहेको एकता पहललाई ध्यानमा राखेर आइतबारको बैठक स्थगन गरिएको बताइएको छ।
आजको बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आजै बिहान ११ बजे पार्टीकाे स्थायी कमिटी बैठकसमेत बस्ने तामाङले बताए। बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने अजेण्डा तय गर्ने तामाङले जानकारी दिए।
स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ। दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।