काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्ने बताएका छन्। नेकपा (एमाले)को एकतातर्फ संकेत गर्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेखेका हुन्।
एमालेको माधवकुमार नेपालपक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता गरेर पार्टी अध्यक्ष केपी ओलीसँग सहमति गर्ने चर्चा चलिरहँदा जसपा नेता भट्टराईको यस्तो भनाइ आएको हो। उनले पहिलो भेरियण्टले संविधानको सशरीर हत्या गर्न खोजेको उल्लेख गर्दै दोस्रो भेरियण्ट संविधानको आत्मा मार्नेगरी आउनसक्ने बताएका छन्।
'कोरोनाझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ। अत: ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं!,' भट्टराईले ट्वीटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।