काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य सूर्यनाथ यादव नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।
माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवको पहलमा सूर्यनाथलाई माओवादी प्रवेश गराएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार खुमलटारमा एक कार्यक्रमकाबीच उनलाई माओवादी प्रवेश गराएका हुन्।
तत्कालीन माओवादीबाट सूर्यनाथ अन्तरिम विधायको रुपमा पहिलो पटक संसद् प्रवेश गरेका थिए। मधेश आन्दोलनपछि फोरममा प्रवेश गरेर राजनीतिमा सक्रिय रहेका थिए।
जसपामा असन्तुष्ट हुँदै गएका सूर्यनाथ पुनःमाओवादीमै फर्किएका हुन्। उनीसहित फोरमका ३ जना प्रदेश तहका नेताहरू माओवादी प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।