• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन सरकारको साझा कार्यक्रम– चुच्चे नक्साको जमिन फिर्ता ल्याउने, असमान सन्धि पुनरावलोकन गर्ने

64x64
नेपाल लाइभ आइतबार, साउन २४, २०७८  १८:०४
1140x725

काठमाडौं– सरकारले चुच्चे नक्सामा समेटिएको (लिम्पियाधुरा र लिपुलेकसहितको कालापानी क्षेत्रको) जमिन फर्काउन पहल गर्ने दाबी गरेको छ। सरकारमा सहभागी दलहरुको गठबन्धनले तय गरेको साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा र लिपुलेकसहितको कालापानी क्षेत्रको जमिन फिर्ता ल्याउन पहल गर्ने उल्लेख छ। 

आइतबार सार्वजनिक गरिएको साझा न्यूनतम कार्यक्रमको बुँदा नम्बर २.२ को 'राष्ट्रिय हितको संवर्द्धन' शीर्षकमा भनिएको छ– 'लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकहरुसँग समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यमबाट समाधान गर्ने।'

भारतले आफ्नो नयाँ राजनीतिक राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी समेट समेटेपछि नेपालले पनि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा र लिपुलेकसहितको कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। 

सरकारले सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा सुरक्षा चौकी (बीओपी) बढाउने विषय पनि साझा न्यूनतम कार्यक्रममा समेटिएको छ। 

साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय सुरक्षा नीतिमा परिमार्जन गरिने विषय पनि समावेश गरिएको छ। 'देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको जीउधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीतिमा आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने र देशको स्वाभिमानको रक्षा गर्ने,' साझा न्यूनतम कार्यक्रमको बुँदा २‍.२ को (१)मा भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय हितमा जलस्रोतको द्विपक्षीय र बहुपक्षीय उपयोग गर्ने र जलस्रोत नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय पनि कार्यक्रममा उल्लेख छ। 

यस्तै, वैदेशिक सहायतालाई बजेटरी प्रणालीमार्फत सरकारको स्वामित्व र नेतृत्व हुने गरी  भौतिक पूर्वाधारको निर्माणलगायतका राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने विषयलाई पनि कार्यक्रममा समेटिएको छ। 

कार्यक्रममा राष्ट्रिय हित प्रतिकूल रहेका सन्धि तथा सम्झौताहरुलाई पुनरावलोकन हुने विषयलाई पनि समावेश छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

साझा न्यूनतम कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा ४ बुँदालाई समेटिएको छ।   देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई रक्षा गर्ने र  भूपरिवेष्ठित देशको अधिकार सुनिश्चित गर्ने विषय कार्यक्रममा उल्लेख छ। 

यस्तै, ठूला र साना देशहरूबीच सार्वभौम समानताको आधारमा व्यवहार हुने तथा एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पक्षपोषण गर्ने, संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्ति एवम्  अन्तराष्ट्रिय कानूनका सिद्धान्तका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने विषय कार्यक्रममा उल्लेख छ। 

शान्ति, स्थिरता, आर्थिक रुपान्तरण र जनताको समृद्धिका लागि पारस्परिक हित र लाभका आधारमा छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरुसँगको मैत्रिपुर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषय पनि कार्यक्रममा उल्लेख छ।  

यस्तै, परराष्ट्र सम्बन्ध सञ्चालनमा राष्ट्रिय सहमति कायम गर्ने विषय पनि साझा न्यूनतम कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो
काठमान्डु गोर्खाजको सहज जित
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट
सम्बन्धित सामग्री
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र दुई देशबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ। बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायी टिकाबहादुर कुँवरमार्फत रिट दिएका हुन्। प्रशासनले उक्त रिट अध्ययनकै क्रममा रहे... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
काठमान्डु गोर्खाजको सहज जित बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्