काठमाडौं- सरकारले प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकार सम्पन्न बनाउने नीति लिएको छ। आइतबार सार्वजनिक भएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा विषय उल्लेख छ।
'प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्ने', आइतबार सिंहदरबारमा साझा न्यूनतम कार्यक्रम वाचन गर्दै कार्यदलका संयोजक पूर्णबहादुर खड्काले भने।
यसअघि गत शुक्रबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाइएको सो प्रस्तावमा 'स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने' उल्लेख थियो। त्यसको व्यापक आलोचना भएको थियो। आइतबार सार्वजनिक गरिएको कार्यक्रममा भने सो बुँदालाई हटाइएको छ।
सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधिहरुले सरकारको साझा न्यूनतम कार्यक्रम तयार पारेका हुन्। जसलाई शीर्ष नेतृत्वले अन्तिम रुप दिई सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।