काठमाडौं– राष्ट्रिय सभा सदस्य (सांसद) विमला पौडेल राईले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको संयन्त्रमार्फत चलेको भन्दै आपत्ति जनाएकी थिइन्।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पौडेलले प्रधानमन्त्री संसदीय व्यवस्थाअनुसार चल्ने भन्दा पनि गठबन्धनको संयन्त्रमार्फत चलेको बताइन्। संघदेखि प्रदेश र स्थानीय तहमा समेत समानान्तर गठबन्धन बनेको भन्दै राईले आपत्ति जनाइन्।
'सत्यता कति हो थाहा छैन, तर गठबन्धनले सामानान्तर राजनितिक संयन्त्र बनाउदै छ जसको अनुसार प्रधानमन्त्री चल्ने भन्ने कुरा छ, यस्तो कुरा गलत हो,' राईले भनिन्।
पौडेलले राजनीतिक संयन्त्रका नाममा प्रधानमन्त्रीका हातखुट्टा बाँधिएको टिप्पणी गरिन्। 'प्रधानमन्त्रीका हातखुटटा बाँधेर राखेर संसदप्रतिको उत्तरदायित्व पूरा हुन्छ?' पौडैलले भनिन्, 'स्वतन्त्र भएर सांसदले भोट गरेर बन्नु भएको छ। त्यसैले यो जटिल छ।'
सांसद् पौडेलले गठबन्धनको संयन्त्रले गरेको हस्तक्षेपकै कारण मन्त्रिपरिषद्ले पूर्णता नपाएको पनि टिप्पणी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।