काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भूमिसम्बन्धी आयोग खारेज गरेर फेरि अर्को आयोग गठन गर्न नहुने बताएका छन्। आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
'एउटा भूमि आयोग विघटन गर्ने अनि फेरि अर्को आयोग बनाउनु ठीक होइन। जमिन व्यक्तिको स्वामित्व छ, यसलाई कसरी सरकारी स्वामित्वमा ल्याउने भन्ने बहस हुन जरुरी छ,' उनले भने, '२०५१ सालमा बनेको भूमि आयोगले कति भूमिहीन जनतालाई जमिन दिलाए त? जनता जस्ताको त्यस्तै, भूमिहीन नै छन्।'
उनले १६ लाख भूमिहीनले जमिनको लागि आवेदन दिएको उल्लेख गर्दै पाँच कठ्ठा प्रतिपरिवार दिने हो भने पनि करिब चार लाख हेक्टर चाहिने बताए। 'त्यत्रो जग्गा कहाँबाट जग्गा दिने त? जंगल फँडानी वा जग्गा अतिक्रममणबाहेक अर्को विकल्प छैन,' उनले भने।
संविधानले आवासको सुनिश्चित वा रोजगार देऊ भनेको उल्लेख गर्दै उनले सबैलाई रोजगार दिनु उपयुक्त हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।