काठमाडौं- गीतकार मणिराज बस्नेतले नयाँ गीत बजारमा ल्याएका छन्। ‘गुलेली मट्याङ्ग्रा’ बोलको रोमान्टिक गीतमा रामकुमार नेपाली र अन्जु पन्तलाई सुन्न सकिन्छ।
मणिराज नेपाली गीत/संगीतमा निक्कै सक्रिय छन्। उनका यसअघि ‘हारे आज’, ‘माया पिरती’ लगायतका गीत लोकप्रिय भइसकेका छन्। नेपाली गीत/संगीतमा विकृति बढेको गुनासो बढिरहेका बस्नेतले मौलिक गीत सार्वजनिक गरेका छन्।
सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार, हेमन्त शर्मा लगायतका गायक गायिकासँग काम गरिसकेका बस्नेतले यसपटक भने अन्जु पन्त र रामकुमार नेपालीसँग काम गरेका छन्। ‘स्याड सङ्’मा लोकप्रिय बस्नेत यही गीतमार्फत् पहिलो पटक रोमान्टिक गीत लेखनमा देखिएका छन्।
रामकुमार नेपालीले संगीत गरेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन्। गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ। मेनुका बस्नेतले निर्माण गरेको म्यूजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। भिडियोमा रियासा दाहाल र पुष्प खड्काले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।