काठमाडाैं– राष्ट्रिय सभामा आइतबार तीन वटा विधेयक पेश हुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक,लोकसेवा आयोग र विद्युत्त विधेयक पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
सुरक्षण मुद्रण सम्वन्धी विधेयक राष्ट्रिय सभामा पेशमात्र हुनेछ भने लोकसेवासम्बन्धी विधेयकको विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ।
त्यस्तै, उर्जा मन्त्री पम्फा भुसालले विद्युत्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
संविधानको धारा ५३ अनुसार सरकारको आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन सरकारले राष्ट्रिय सभामा पेश हुने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।